
Pbu
Srbpu
Ses
Lnp
Rgp
Djs
Sgr
Unsku
Ggp
cjs
Rgp1
Pes
pku
Gfs

nsb
Bbbpu
Rgs
Bbu
Rgu
Tsm
Rgu
Wsp
Sbs
Ssm
Vor
Pvg
Ksm
Gst
Sls
Hal
Rsb
Asm
Ggd

Rmb
Ptm
Jmb
Syp
Gsb
Abd
Pls
Bml
bbt
Rpp
Mks
sab
Jmb
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।
सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए ।
मृत्यु हुनेहरुमा बझाङको बित्थडचिर गाउँपालिका –७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन् । बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी गाउँपालिका–७ का ४० वर्षीय बसन्त राज रतलाको पनि मृत्यु भएको छ ।
त्यस्तै,बैतडीको पुर्चौली नगरपालिका–७ का वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइतेहरूको उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।
जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ ।
