
Sgr
Pbu
cjs
Rgp
Ggp
Ses
Gfs
Unsku
Rgp1
Lnp
Djs
Srbpu
pku
Pes
दाङ । घोराही उपमहानगरपालिका स्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले हात पारेको छ। नेपाल सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालय को तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा सञ्चालन भएको उक्त प्रतियोगिता घोराही उपमहानगरपालिकाको आयोजना तथा श्री सिद्ध रत्ननाथ माध्यमिक विद्यालय को व्यवस्थापनमा सम्पन्न भएको हो। प्रतियोगितामा […]
काठमाडौँ । आजदेखि प्रतिनिधिसभा निर्वाचनका लागि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रम अनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले […]
दाङ । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि. दाङको ११औँ वार्षिकोत्सवको अवसरमा फागुन १३ गते पत्रकार र सहकारी संस्थाबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । संस्थाको शनिबार सम्पन्न बैठकले बिहान ८:३० बजेदेखि जनता माध्यमिक विद्यालयको खेल मैदानमा क्रिकेट प्रतियोगिता तथा दिउँसो २ बजे पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निर्णय गरेको संस्थाका ओम प्रकाश […]
काठमाडौँ । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् भगवान् शिव को अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ । त्यस्तै पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सञ्चालन गरेको समुदायस्तरको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना शिविर शनिबार वडा नम्बर ५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा सम्पन्न भएको छ । शिविरको तेस्रो दिन १ सय ६८ महिला र ४६ पुरुष गरी २ सय ३२ जनाको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य शाखाले जनाएको छ । “समयमै नसर्ने रोग जाँच […]
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सकिएको थियो । आज थप तीन […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले साम्यवादी र समाजवादी दर्शनहरु असफल भइसकेको टिप्पणी गरेका छन् । शनिवार आज काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष लिङ्देनले समाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरु पनि संवद्र्धनवादतर्फ उन्मुख भइरहेको जिकिर समेत गरे । उनले मुलुकलाई बनाउन पनि […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ महदेवा स्थित महदेवा सामुदायिक वन उपभोक्ता समूहले विभिन्न संघ-संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।समूहका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षतामा शैक्षिक,धार्मिक तथा सामुदायिक पूर्वाधार विकासका लागि शुक्रबार एक कार्यक्रमका बीच आर्थिक सहयोग प्रदान गरिएको हो । कार्यक्रममा राप्ती गाउँपालिका–७ छुट्की सिसहनियाको सरस्वती आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर –२ मटेरियास्थित सोमईथान एलएच एकेडेमी राजपुरको १७औँ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संगिता पाण्डेयको अध्यक्षता तथा ज्ञान ज्योति फाउण्डेशनका अध्यक्ष टिका बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले मेहनत र निरन्तरताले सफलता दिलाउने उल्लेख गर्दै विद्यालयको प्रगति […]