
Gisld
Mbdvs
mbd
Pbu
Sds
Rbs

Ksm
Tsm
Gst
Hal
Rgs
Sbs
Pvg
Asm
Bbbpu
Sls
nsb
Vor
Wsp
Rsb
Ssm
Ggd
Bbu
Rgu
Rgu

Rpp
Mks
Rmb
Ptm
Gsb
Bml
Pls
Abd
Syp
Jmb
Jmb
bbt
sab
दाङ । घोराही उपमहानगरपालिका स्तरीय १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले हात पारेको छ।
नेपाल सरकार अन्तर्गतको युवा तथा खेलकुद मन्त्रालय को तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा सञ्चालन भएको उक्त प्रतियोगिता घोराही उपमहानगरपालिकाको आयोजना तथा श्री सिद्ध रत्ननाथ माध्यमिक विद्यालय को व्यवस्थापनमा सम्पन्न भएको हो।
प्रतियोगितामा उपमहानगर क्षेत्रभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका थिए । समग्र खेल विधातर्फ उत्कृष्ट प्रदर्शन गर्दै गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलले २७ स्वर्ण, १८ रजत र ८ कास्य पदकसहित जम्मा ५३ पदक जित्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
प्रतियोगितामा एथलेटिक्ससहित विभिन्न खेल विधामा प्रतिस्पर्धा गरिएको थियो । सहभागी खेलाडीहरुले अनुशासित तथा प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै प्रतियोगितालाई सफल बनाएका थिए। प्रतियोगिताले विद्यार्थीहरुमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्याएको छ ।
त्यस्तै प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुको छनोट गरी आगामी जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगिताका लागि तयारी गरिने जानकारी दिइएको छ । विद्यालयस्तरमै खेल प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुँदै आएको आयोजकले जनाएको छ।
