
Ggp
Pbu
Srbpu
Rgp
Pes
Lnp
Sgr
Ses
pku
Gfs
Rgp1
cjs
Unsku
Djs

Rgu
Rgu
Pvg
Sbs
Hal
Rsb
Rgs
Asm
Sls
Ksm
Bbbpu
Wsp
Vor
Ssm
Bbu
Gst
nsb
Tsm
Ggd

Mks
sab
Bml
Jmb
Abd
bbt
Rpp
Gsb
Syp
Pls
Rmb
Jmb
Ptm
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले साम्यवादी र समाजवादी दर्शनहरु असफल भइसकेको टिप्पणी गरेका छन् । शनिवार आज काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष लिङ्देनले समाजवाद र साम्यवादको दर्शन असफल भई विश्वका ठूल्ठूला राष्ट्रहरु पनि संवद्र्धनवादतर्फ उन्मुख भइरहेको जिकिर समेत गरे । उनले मुलुकलाई बनाउन पनि र बचाउन पनि संवद्र्धनवाद उपयुक्त विचारधारा भएकाले आफ्नो पार्टीले त्यसलाई अंगिकार गरेर अघि बढेको समेत बताए । उनले भने, ‘संवद्र्धनवाद यो केवल हामीलाई मात्रै ठिक लागेको दर्शन, विचार होइन । अहिले समाजवाद, साम्यवाद भनेको परम्पगत जो दार्शनिक अवधारणहरु छन् ।
त्यस्तै समाज विभाजित थियो, विश्व विभाजित थियो । अब त्यो दार्शनिक मान्यताहरु असफल भईसकेर अब फेरि समाज कतातिर गईराखेको छ भने अब मेरो परम्परा, मेरो राष्ट्र प्रथम हो भन्ने मान्यतातर्फ संसार भईराखेको छ । र अहिले संसारका ठूल्ठूला देशहरु अहिले त्यो मान्यताबाट प्रेरित भएर अगाडि बढिराखेका छन् । र संसारमा यो संवद्र्धनवाद, जसलाई अनेक नाम दिएका होलान । अहिले यसको व्याख्याको सन्दर्भमा पनि यसो भन्दा पो ठिक हुन्छ कि भनेर हाम्रा पूर्ववक्ताहरुले भन्नुभयो । तर मूल रुपमा, सार रुपमा चाहीँ मेरो परम्परा, मेरो राष्ट्रप्रथम र , परिवर्तन चाहीँ अब निरन्तरता सहितको दिगो र टिकाउ हुन्छ । जग नबनाई छत बनाउने कुरा चाहीँ काम लाग्दैन । त्यसले राष्ट्रलाई क्षति पुर्याउँछ, समाजलाई क्षति पुर्याउँछ भन्ने मान्यता अहिले विकसित भइराखेको छ । र अब हामी सबैको बाटो संवद्र्धनबाद हो । देश बनाउने र बचाउने बाटो संवद्र्धन वाद हो ।’
त्यस अवसरमा अध्यक्ष लिङदेनले गैरआवासीय नेपालीहरुलाई वंशजको आधारमा नागरिकता दिन हिच्किच्याउनुपर्ने कुनै कारण नरहेको समेत बताए । न्युज एजेन्सी नेपाल
