
Mbdvs
Sds
Gisld
Pbu
mbd
Rbs

Ksm
Rsb
Bbbpu
Sbs
Bbu
Rgu
Rgu
Asm
Gst
Ssm
Sls
Pvg
Vor
Wsp
Tsm
Rgs
Hal
nsb
Ggd

Bml
Mks
bbt
Jmb
Pls
Ptm
Rmb
Syp
Gsb
sab
Rpp
Abd
Jmb
काठमाडौँ । आजदेखि प्रतिनिधिसभा निर्वाचनका लागि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रम अनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रम अनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ ।
त्यस्तै आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका छ हजार ७ सय ४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन हुनेछन् । आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन्।
यस्तै प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । आयोगले यो कार्यमा सहयोग,समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार,सबै स्थानीय तह,निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल,उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
