
Ppu
दाङ । देउखुरीमा खाना बनाउने क्रममा सिलिन्डर ग्यास बिस्फोट हुँदा चार लाख बराबरको क्षति भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ५१ वर्षिय मानबहादुर कुमालकाे घरमा शनिबार बेलुका ६:३० बजेको समयमा खाना बनाउने क्रममा एक्कासि ग्यास बिस्फोट भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिनु भयो । त्यस्तै […]
बाँके । कोरोना संक्रमणबाट बाँकेमा एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका स्थित टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी (छैठौं तह) रमा भारतीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । भेरी अस्पताल,नेपालगञ्जमा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे ४२ वर्षीया भारतीको निधन भएको अस्पतालले जानकारी दिएको छ । भारती जिल्ला जनस्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख […]
बिश्वब्यापी रुपमा कोरोना भाईरस(कोभिड १९) ले त्रासदी फैलाएको छ ।यो भाइरसका कारण कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । नेपाल पनि त्यस्को उच्च जोखिममा रहेको भन्दै सरकारले ‘लकडाउन’ गरिरहेको छ। भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ । यसै बिच प्युठानको ऐरावती गाउँपालिकाले भाईरसका कारण जारी गरिएको लकडाउनको कार्यान्वयन […]
हाम्रो विकास प्रक्रियालाई नै अवरुद्ध पार्न सक्ने कोरोना भाइरसको महामारी यतिवेला विश्वभर फैलिदै आएको छ । नेपालमा पनि यसबाट ४ जना संक्रमित व्यक्ति भेटिइसकेका छन् । चैत्र ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कोरोना भाइरस कोभिड– १९ महामारीबाट बच्न प्यूठान जिल्ला तहमा विभिन्न प्रयासहरु भइरहेका छन् । ती प्रयासहरुको बारेमा जिल्ला विपद् […]
नेपालको संविधान २०७२ को धारा ३५ मा मौलिक हकको रुपमा खानेपानी सुविधा उपलव्ध गराउने भनिएको छ । सरकारले खानेपानीलाई मौलिक हककै रुपमा संविधानमा राखे पनि व्यवहारमा अझै करिव १५ प्रतिशत प्यूठानवासीहरु खानेपानीको सहज पहुँचबाट टाढा छन् । त्यसो त शुद्ध पानीको पहुँचबाट त्यो भन्दा धेरै प्यूठानवासी बञ्चित छन् । मानव जीवनको पानीको महत्व ज्यादै छ […]