नेकपा एकीकृत समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा मेटमणी चयन

काठमाडौं । नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन हुनु भएको छ । सोमबार बसेको नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो । नेकपा एसको पोलिटब्युरो सदस्य चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ । त्यस्तै प्रमुख सचेतकमा चयन भएपछि चौधरीले आफ्नो फेसबुक वालबाट आफ्नो पार्टी भित्रका […]

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । तीनवटा निर्वाचन क्षेत्रमा १० वैशाखमा हुने उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै छ । चितवन २, तनहुँ १, बारा २ मा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै चितवन २ र तनहुँ १ मा सत्तारूढ गठबन्धन, एमाले र रास्वापबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बारा २ […]

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने विरुद्ध सर्वोच्चमा राहदानी दुरुपयोगको रिट पेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पेश भएको छ । यद्यपि दर्ता भएको छैन । त्यस्तै लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिट सच्याउनुपर्ने भएकाले निवेदकले नै लगेको […]

आज प्रतिनिधि सभाको बैठक बस्दै,नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ । यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने अर्को कार्यसूची पनि छ । […]

अखिल (छैंठौ)द्वारा स्ववियु निर्वाचितलाई बधाई तथा सम्मान

दाङ । राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल (छैंठौ)ले दाङका विभिन्न क्याम्पसको स्ववियु चुनावमा निर्वाचित हुनेहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । अखिल (छैंठौ) दाङका अध्यक्ष सरिता पुन मगरको अध्यक्षता तथा विद्यार्थी संगठनकै केन्द्रिय अध्यक्ष देबेन्द्र कवरको प्रमुख आतिथ्यतामा शनिबार लमहीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो । त्यसक्रममा राप्ती शिक्षा क्याम्पस घोराहीका स्ववियु […]

नव नियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नव नियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका छन् । […]

सत्ता गठबन्धनको बैठकद्वारा भोलि बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय

काठमाडौं । सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका छन् । आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले लगभग मन्त्रालय भागबन्डामा सहमति गरेका छन्। त्यस्तै बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने पत्रकारहरूलाई बताए । ‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ। भोलि बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ,’ उनले भने, ‘राष्ट्रिय […]

योजना कार्यान्वयनमा केन्द्रीत हुन मन्त्री र सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन

दाङ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि सुरु भएको छ । प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिनु भयो । चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धी र भावी कार्यक्रमको समीक्षा गरिने प्रवक्ता आचार्यको भनाइ […]

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो

दाङ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधार मन्त्री इन्द्रजित चौधरीले जानकारी दिए। त्यस्तै लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लीला गिरी नेतृत्वको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]