Sidha Patra बुधबार, भाद्र १३, २०८०

दाङ । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य वसन्त कुमार भण्डारीले आफ्नो बारेमा भ्रामक सुचना फैलाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

भण्डारीले आज बुधबार जारी गरेको बिज्ञप्तिमा “राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ताले काङ्ग्रेस छोडेर रास्वमामा आउने र आशन्न देउखुरी उद्योग वाणिज्य संघको अधिवेशनमा नेतृत्व गर्ने भन्ने गलत सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन। “म नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य भएको हैसियतले अघिल्लो पटक देउखुरी उद्योग वाणिज्य संघको सचिवमा निर्वाचित भएको यहाँहरु सबैलाई थाह भएकै कुरा हो ।

म नेपाली काङ्ग्रेसको मूल्य मान्यता, नीति, विचार र सिद्धान्तमा विचलित हुने नसक्ने मेरो पार्टीका सबै नेतागण, कार्यकर्ता र शुभ चिन्तकज्युहरुलाई जानकारी गराउदै त्यस्ता खाले दिग्भ्रमित कुराको पछि नलाग्न पनि हार्दिक अनुरोध गर्दछु । साथै आशन्न देउखुरी उद्योग वाणिज्य संघको १२ औं अधिवेशनमा नेपाली काङ्ग्रेसबाट बन्नु हुने उम्मेदवारलाई निर्वाचित गराई सहयोग गर्न समेत सम्पुर्ण उद्योगी व्यवसायीज्युहरुमा अनुरोध छ”- भण्डारीले जारि गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।

भण्डारी देउखुरी उद्योग वाणिज्य संघ लमहीका सचिव हुन् भने लमही क्षेत्रका एक प्रतिष्ठित व्यवसायी पनि हुन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य भण्डारी लमही क्षेत्रमा रहेका थुप्रै सामाजिक संघ संस्थामा आबद्द रहेर जिम्मेवारी निर्बाह गरि सकेका एक युवा नेता हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]