
Gsl
Pbu
Bs1


दाङ । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य वसन्त कुमार भण्डारीले आफ्नो बारेमा भ्रामक सुचना फैलाएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
भण्डारीले आज बुधबार जारी गरेको बिज्ञप्तिमा “राष्ट्रिय स्वतन्त्र पार्टीका केही कार्यकर्ताले काङ्ग्रेस छोडेर रास्वमामा आउने र आशन्न देउखुरी उद्योग वाणिज्य संघको अधिवेशनमा नेतृत्व गर्ने भन्ने गलत सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन। “म नेपाली काङ्ग्रेसको क्रियाशील सदस्य भएको हैसियतले अघिल्लो पटक देउखुरी उद्योग वाणिज्य संघको सचिवमा निर्वाचित भएको यहाँहरु सबैलाई थाह भएकै कुरा हो ।
म नेपाली काङ्ग्रेसको मूल्य मान्यता, नीति, विचार र सिद्धान्तमा विचलित हुने नसक्ने मेरो पार्टीका सबै नेतागण, कार्यकर्ता र शुभ चिन्तकज्युहरुलाई जानकारी गराउदै त्यस्ता खाले दिग्भ्रमित कुराको पछि नलाग्न पनि हार्दिक अनुरोध गर्दछु । साथै आशन्न देउखुरी उद्योग वाणिज्य संघको १२ औं अधिवेशनमा नेपाली काङ्ग्रेसबाट बन्नु हुने उम्मेदवारलाई निर्वाचित गराई सहयोग गर्न समेत सम्पुर्ण उद्योगी व्यवसायीज्युहरुमा अनुरोध छ”- भण्डारीले जारि गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।
भण्डारी देउखुरी उद्योग वाणिज्य संघ लमहीका सचिव हुन् भने लमही क्षेत्रका एक प्रतिष्ठित व्यवसायी पनि हुन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य भण्डारी लमही क्षेत्रमा रहेका थुप्रै सामाजिक संघ संस्थामा आबद्द रहेर जिम्मेवारी निर्बाह गरि सकेका एक युवा नेता हुन् ।
