एकीकृत समाजवादी दाङको अध्यक्षमा केसी,सबैलाइ कारबाही गर्ने बेल्वासे आफै कारबाहीमा

दाङ । नेकपा एकीकृत समाजवादी दाङको पार्टी पुनर्गठन भएको छ । एकीकृत समाजवादीको घोराहीमा शुक्रबार भएको विशेष जिल्ला भेलाले भूपबहादुर केसीको अध्यक्षतामा १ सय ७१ जना जिल्ला कार्यसमिति चयन गरेको हो । त्यस्तै पुनर्गठित एकीकृत समाजवादी दाङको उपाध्यक्षमा डिल्लीबहादुर पुन मगर,गणेश कुमार चौधरी र बिष्णु गुरुङ,सचिवमा जानका रेग्मी, उपसचिवमा डिलबहादुर पुन मगर,सुर्य बिसी र प्रेम […]

नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले विज्ञप्ति जारी गरेर नाउपाले गर्न लागेको बन्दका सबै कार्यक्रम फिर्ता लिइएको जनाइएको […]

देउखुरीमा एयरपोर्ट बनाउन सबै हिसाबले उपयुक्त,छम्पाली

दाङ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नारायण डिसी छम्पालीले व्यावसायिक र यात्रुको चापलाई हेर्नेहो भने देउखुरीमा विमानस्थल बनाउन उपयुक्त हुने धारणा ब्यक्त गरेका छन् । एक सफल युवा ब्यबसायी समेत रहेका छम्पालीले आफ्नो फेसबुक वालमा ” दाङ जिल्लामा जति धेरै एयरपोर्ट बने उति राम्रो हो तर व्यावसायिक हिसाबले चल्ने प्रयाप्त यात्रुहुने भनेको देउखुरीमा […]

कंचनपुरका आरक्ष पीडित समितिका सदस्य र पुर्व प्रधानमन्त्री देउवा बीच भेटघाट

कंचनपुर । कंचनपुरका आरक्ष पीडित समितिका सदस्यहरुले पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटघाट भएको छ । शुक्रबार समितिका सदस्यहरुले देउवाकै निवासमा पुगेर कंचनपुर आरक्ष पीडितका समस्या समाधानको विषयमा भेटघाट गरेका हुन् । परराष्ट्र मन्त्री एनपी साउदको समेत सहभागीता रहेको उक्त छलफल कार्यक्रममा देउवाले साउदलाई तत्काल समस्या समाधान गर्न निर्देशन दिनु भएको थियो । पीडित परिवारहरुका […]

एमाले नेता टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । […]

काङ्ग्रेसका पदाधिकारीको बैठक बस्दै,खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्ने लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने […]

एमालेले गर्‍यो टोपबहादुर रायमाझीलाई निलम्बन

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोख्रेलले विज्ञप्तिमार्फत् जानकारी दिनु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण,छानबिनमा सरकारले कतैबाट हस्तक्षेप नगरोस्: ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेको बताएका छन् । उनले प्रहरीले गरिरहेको छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराएको बताए । त्यस्तै प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो दिन आइतबार संसद् भवन बाहिर नक्कली भुटानी […]

अब भ्रष्टाचारका फाइल खोलियो,यो त ट्रेलर मात्र हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुक आर्थिक समस्या र दबाबमा पर्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । शनिबार नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कुनै पनि बहानामा भ्रष्टाचारीलाई छुट नदिने बताएका हुन् । ‘सुशासन भन्न जति सजिलो छ हामीकहाँ त्यो साँच्चै कायम गर्ने चुनौती निकै नै ठूलो छ,’ प्रधानमन्त्री दाहालले भने, […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]