ओमप्रकाश गुप्ता मंगलबार, कार्तिक १४, २०८०

दाङ । लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती मगर, अर्थमन्त्री धनबहादुर मास्की र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट लगायतकाे टाेलीले साेमबार राप्ती गाउँपालिकाकाे विकट पहाडी क्षेत्रको वडा नं.९ देविकाेटका स्थानीय बासिन्दाहरुसँग भेटघाट तथा पालिकाकै अत्यन्तै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिरको दर्शन गरेका छन् ।

भेटमा स्थानीयहरुले प्रदेश राजधानीको पालिका भएतापनि पहाडी क्षेत्रमा अझैसम्म विकासले गति लिन नसकेको दुखेसो गरेका थिए। उनीहरूले यातायात ,विद्युत,खानेपानी लगायतका विभिन्न समस्या रहेकाले बताउदै तत्काल त्यस समस्याको समाधान गर्न स्थानीय तथा प्रदेश सरकार समक्ष माग गरेका थिए । त्यस्तै धार्मिक तथा पर्यटकीय रुपले पालिकाकै अत्यन्तै महत्त्वपूर्ण स्थल भद्राक्षी देवी मन्दिरको विकासकाे माग समेत गरेका थिए ।

साे अवसरमा प्रदेश सरकारका सभामुख तथा अर्थमन्त्रीले त्यस क्षेत्रकाे विकासका लागि आफूहरू सकारात्मक रहेको बताउँदै समस्या समाधानका लागि अवश्यक पहल गर्ने बताएका थिए ।

त्यस्तै उनीहरूले धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिरको संरक्षण सँगै भाैतिक विकास गरि आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याइ स्थानीयहरुकाे आय आर्जनमा टेवा पुर्‍याउन सकिने बताउँदै त्यस तर्फ पनि आफूहरूले ध्यान दिने बताएका थिए ।

साे अवसरमा प्रदेश सभा सचिव दुर्लभकुमार पुन, राप्ती गाउँपालिका वडा नं. २ का अध्यक्ष वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरी, वडा नं.३ का वडा अध्यक्ष उमेश अधिकारी, वडा नं.९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगर, भद्राक्षी देवी मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष दुर्याेधन पाण्डे , समाजसेवी कृष्ण अधिकारी, गन्जबहादुर विष्ट, चन्द्रबहादुर जिसी लगायत स्थानीयहरुकाे सहभागीता रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]