संयुक्त राष्ट्र संघका महासचिव गुटरेस नेपाल आई पुगे,आजै राष्ट्रपति र प्रधानमन्त्रीसंग भेट गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका लागि नेपाल आएका छन् । राति एक बजे उनी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमै स्वागत गरे । भ्रमणको पहिलो दिन आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट […]

देउखुरी बहुमुखी क्याम्पसमा पहिलो चुनाब,खड्का प्यानल बिजयी

दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसमा स्थापना कालदेखी नभएको चुनाब अहिले भएको छ । ब्यबस्थापन समितीको नेतृत्वका लागि पहिलोचोटी चुनाब भएको हो । २०६२ सालमा स्थापना भएको देउखुरी बहुमुखी क्याम्पसको समितीका लागि त्यस यता निर्बाचन भएको थिएन । निर्बाचनमा दलहरु गठबन्धन सहित चुनाबमा होमिए । केन्द्रीय सत्ता समिकरण भन्दा फरक तरिका सहित चुनाबमा […]

दाङ जिल्लामा समाजवादी पार्टी रित्तिन थाल्यो, केन्द्रिय परिषद सदस्य गैरे एमालेमा प्रवेश

दाङ । नेकपा एकिकृत समाजवादीका केन्द्रिय परिषद सदस्य तथा दाङ क्षेत्र नं. १ का ईञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा प्रवेश गरेका छन् । दाङ लमहीमा आयोजीत कार्यक्रममा समाजवादी परित्यागगरी गैरे नेकपा एमालेमा प्रवेश गरेका हुन ।‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्यूनिष्ट आन्दोलानलाई अघि बढाउन सकिदो रहेनछ । म मुलधारमा फर्किएँ’ सम्वोधनका क्रममा उनले […]

लुम्बिनी प्रदेश सरकारको निर्णय:राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा

दाङ । लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकि राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको हितको लागि केहि सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केहि वडा, अर्घाखाँचीको […]

बीआरईको कार्यक्रमका लागि चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयाघात

काठमाडौं । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । […]

प्राप्त गरे कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ४७ जना सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीको समर्थनसहित विश्वासको मत पाउनुभएको हो । मुख्यमन्त्रीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको […]

आज कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची छ । गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लाग्नुभएको हो । राप्रपा र […]

काठमाडौं, सरकारले गैरआवासीय नेपाली(NRN)लाई नेपाली नागरिकता प्रदान गरेको छ ।

काठमाडौं । सरकारले गैरआवासीय नेपाली(NRN)लाई नेपाली नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकलाई नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् । नागरिकता प्राप्त गरेपछि अध्यक्ष […]

आजदेखि नयाँ नोट साट्न सुरु

काठमाडौं । आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो । त्यस्तै राष्ट्र बैंकले हरेक वर्ष चाडबाडको समयमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकहरुका शाखामा नयाँ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]