काठमाडौं । गठबन्धनका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी,नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराउनु भएको हो ।
नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गर्नु भएको छ ।