
Csbg-7
Jsbg-7
Rksr-7
Gsbg-3
Pbu
Usbl-7
ksbl-7
Gsbr-6
Jsbr-3
Msbg-2


काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ ।
बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसका साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।
यसअघि २१ गतेका लागि तय भएको बैठक सत्ता समीकरण बदलिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो । नयाँ गठबन्धन बनेपछि संसदको कार्यसूची पनि प्रभावित भएको छ ।
त्यस्तै २१ गतेकै बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्ने तयारी गरिए पनि पछि सरेको छ ।
