
Pes
Srbpu
Ggp
Lnp
Rgp1
Rgp
Gfs
sbs
Unsku
Djs
Sgr
pku
Pbu
cjs

Rgu
Pvg
nsb
Bbu
Rgu
Asm
Ggd
Ssm
Vor
Rgs
Sbs
Wsp
Bbbpu
Hal
Tsm
Rsb
Ksm
Sls
Gst

Jmb
Abd
Mks
Gsb
Jmb
Rmb
Syp
bbt
Pls
sab
Ptm
Rpp
Bml
दाङ । घोराहीमा हुन थालेको तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुन थालेको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिनु भयो ।
सभापति डाँगीका अनुसारका जिल्लामा भलिबल खेलको विकाससँगै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि नेपाली कांग्रेस स्वर्गीय नेता पूर्व खुमबहादुर खड्काको स्मृतिमा घोराही स्थीत जिल्ला समन्वय समितिको मैदानमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । प्रतियोगिताका लागि खेल मैदान निर्माण,मञ्च व्यवस्थापन, अतिथिहरुलाई निमन्त्रणलगायतका काम सकिएको बताउनुभएको हो ।
आयोजक नेपाली कांग्रेस दाङका अनुसार प्रतियोगितामा जिल्लाका नौ वटा स्थानीयहरुको सहभागिता हुने भएको छ । प्रतियोगितामा घोराही उपमहानगरपालिका,तुलसीपुर उपमहानगरपालिका,लमही नगरपालिका,राप्ती गाउँपालिका, राजपुर गाउँपालिका,बंगलाचुली गाउँपालिका,शान्तिनगर गाउँपालिका,दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाको सहभागीता हुन थालेको नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै उहाँका अनुसार जिल्लाका दशवटै स्थानीय तहहरुलाई सहभागिताका लागि पत्राचार गरिएको भएपनि गढवा गाउँपालिकाको टिम सहभागी हुन नसकेको बताउनुभयो । लिगकम नकआउटका आधारमा खेलाइने खेलको बिजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यसैगरी द्वितिय हुने टिमले १ लाख २५ हजार, तृयिय हुने टिमले नगद ५० हजार र सान्तोना हुने टिमले नगद २० हजारसहित हित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई जिल्लामा ल्याएर नयाँ खेलाडीहरुसँग खेलाउँदै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगितामा सहभागी टिमहरुलाई दुई जना राष्ट्रियस्तरका खेलाडीहरु समेत सहभागी गराउने अवसर प्रदान गरिएको आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले जनाएको छ । प्रतियोगिताको आइतवार दिउँसो १२ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुहुने भएको छ ।
