नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ द्वारा सरकारलाई कोभिड सम्बन्धि ध्यानाकर्षण

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ देउखुरीले सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप तत्काल लगाउने व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएको छ । क्षेत्रिय सभापती भेषराज पाण्डेले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना विरुद्धको खोप लगायत अन्य सम्पुर्ण स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गर्नु भएको हो । खोप लगायत सम्पूर्ण स्वास्थ्य सामाग्री […]

प्रहरीको संरक्षणमा मेसिनलगाई खोला उत्खनन कार्यको जनमोर्चा दाङद्वारा कडा बिरोध

दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कार्यालय दाङ देउखुरीले प्रहरी प्रशासनको संरक्षणमा ठुला-ठुला मेसिनलगाई खोला उत्खनन कार्यको कडा बिरोध गरेको छ । अहिले कोभिड संक्रमणका कारण नागरिकको जीवन रक्षा नै चुनौतीपुर्ण भइरहेको बेला दाङ देउखुरीको राप्ती नदिमा भएको अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खननप्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यस्तै […]

संघीय संसद विघटन गरेको विरुद्धमा रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन कार्य शुरु

काठमाडौं । सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।

विप्लव भन्छन्,संसदीय व्यवस्था असफल, जनमतसंग्रह भए हामी सरकारमा जान्छौं

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति,पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको विप्लव नेकपाको ठहर छ । यस्तै शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान […]

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद साहको कार दुर्घटनामा घाइते

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय सांसद अभिषेक प्रताप साह दुर्घटनामा परेका छन् । उनि सवार रहेको कार दुर्घटना भएको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साह सहित ३ जना सामान्य घाइते भएका छन् । त्यस्तै कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साह काठमाडौँ जाने […]

एकाएक मध्यरातमै संसद विघटन,कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव हुने

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले एकाएक मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । […]

राजमो दाङका अध्यक्ष आचार्यद्वारा(कोभिड-१९) को जनचेतनामूलक सन्देश

दाङ । कोरोना भाइरस (कोभिड-१९) पछिल्लो समय केन्द्र,प्रदेश,जिल्ला,पालिका हुँदै प्रत्येक बस्ती र घर घरमा पुगिसकेकोले यो महामारीसंग कसरी बच्न सकिन्छ,अबको विकल्प के हो ? कसरी बच्ने र कसरी बचाउने भन्ने विषयमा राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला दाङका अध्यक्ष गणेश आचार्यले अनुरोध सहित आम नागरिक माझ दिएको जनचेतनामूलक सन्देश आजको सिधापत्र डटकम अनलाइन पत्रीकामा ।सम्पुर्ण आमा- बुवा, […]

आज भयो मन्त्रिपरिषद् गठन,पुनःसबै मन्त्री दोहोरिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका हुन । ओलीले पनि आज सफत ग्रहण गरेका छन् । को को भए मन्त्रीहरु ? आज गठन भएको मन्त्री परिषदद्वारा ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय, रामबहादुर थापा बादल, गृह मन्त्री, टोपबहादुर रायमाझी, उर्जा, विष्णु पौडेल, […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री ओलीले लिए शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण लिउनु भएको छ । आज शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनु भएको हो । त्यस्तै संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले सिंहदरबार आएर पदभार ग्रहण गर्दै हुनुहुन्छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]