दाङ । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनद्वारा पाचौं बैठक शुक्रबार भोलि बस्ने भएको छ ।
प्रदेशका सभामुखको निर्देशन अनुसार पहिलो अधिवेशनको पाँचौँ बैठक माघ २० गते बस्ने भएको प्रदेश सभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
त्यस्तै लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएको करिब एक महिना हुन लाग्दा समेत सरकार विस्तार भएको छैन।