शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, माघ १९, २०७९

दाङ । शिक्षा नितीलाई ब्यवहारमा कार्यान्वयन गर्न नसक्दा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्यमन्त्री तथा प्रदेश सांसद इन्द्रजित थारुले बताउनु भएको छ ।जनता माध्यमिक विद्यालय गढवाको ६२ औं बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै थारुले यस्तो बताउनु भएको हो । सरकारले बनाएको शिक्षा निती नराम्रो छैन तर हामी आफैले कार्यान्वयन नगर्दा सम्म गुणस्तर सुधार भाषणले मात्र हुदैन । बिश्वको शिक्षा सामुहिक उत्पादनतर्फ जादै गर्दा हाम्रो देश सामन्तबादी चिन्तन संस्कार र मनोबृत्तिबाट माथी नउठ्दा शिक्षामा आमूल परिवर्तन हुन नसकेको र कमिसन कै चक्करमा शिक्षा क्षेत्र रहेको उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रल बिश्वासले संस्कार र अनुशासन सहितको जिवनोपयोगी शिक्षा कार्यान्वयन गर्न गाउँपालिका गंभिर रहेको बताउनुभयो । सरकारी बिद्यालयहरु सिमान्तकृत वर्गका छोराछोरीहरुले मात्रै शिक्षा आर्जन गर्ने स्थान बन्न थालेकोमा चिन्ता प्रकट गर्दै शिक्षा क्षेत्रलाई रणनीतिक ढंगबाट गुणस्तर सुधारका योजना बनाउन स्थानीय सरकार लाग्ने बताउउनु भयो ।कार्यक्रममा बिद्यालयका पुर्व अध्यक्षहरु रेशम बिसी, भगवती प्रसाद चौधरी,शिक्षपे्रमी बुद्धिजिवीहरु रामप्रसाद गैरे,तेजप्रसाद न्यौपाने,सकुन्तला डिसी, कपिलदेव खनाल,उमाकान्त पन्त,कृष्णराज पाण्डे, जगतराम यादव,पुरस्कार संस्थापकहरु शंकर पाण्डेय,दिनमणि आचार्य र पुर्व प्रअ गोबिन्द पौडेल लगायतले बोल्नु भएको थियो । सो अवसरमा बिद्यालयको दोश्रो स्मारीका समेत बिमोचन गरिएको थियो ।

कार्यक्रममा बिभिन्न ब्यक्तित्वहरुले स्थापना गर्नु भएका अक्षयकोष शोभाखर सोभादेवि, हरिबहादुर स्मृतिकोष, सुमकला फर्सराम, ऋिषिराम स्मृति,प्रेम बिसी स्मृतिकोष र यागेश्वर पाण्डे स्मृतिकोष लगायत ६ वटा स्मृतिकोषका पुरस्कारहरु वितरण गरिएको थियो । समारोहमा निबृत्त शिक्षक द्रोण डाँगी, होमप्रसाद अधिकारी र कार्यरत उत्कृष्ट शिक्षक स्वामीदयाल यादव,उपेन्द्र चालिसेलाई सम्मान गरिएको थियो भने उत्कृष्ट शिक्षकको रुपमा यागेश्वर पाण्डे स्मृतिकोषको पुरस्कार कार्यरत शिक्षक बिष्णा पन्थीलाई प्रदान गरिएको थियो ।त्यस्तै कार्यक्रममा विद्यालयका प्रअ रामसुरत यादवले विद्यालयको संस्थागत प्रतिवेदन,शिक्षक सुदिप किककरण आचार्यको स्वागत मन्तब्य र शिक्षक ठाकूर खनालले सहजिकरण गर्नु भएको थियो । वार्षिकोत्सव समारोहमा वर्षभरीको पठन पाठन र खेलकुद तथा अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]