सिलण्डर ग्यासबाट घाइते भएकी काङ्ग्रेस सांसद चन्द्र भण्डारीकी आमा हरिकलाकाे निधन

काठमाडौं । सिलण्डर ग्यासबाट घाइते भएकी नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ। बुधबार राती ग्यास सिलिण्डर विष्फोटबाट घाइते भए भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका कार्यकारी निर्देशक डा.निजिना ताम्राकारले हरिकला भण्डारीको निधन भएको पुष्टि गर्नु भएको छ । काङ्ग्रेस नेता भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ […]

नवनियुक्त ३ कुलपतिले गरे पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले आज बिहान शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ […]

आगामी पाँच वर्षमा प्रदेशबासीलाई नमुना राजधानी हस्तान्तरण गर्छौं:मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी शहर हस्तान्तरण गर्ने बताउनुभएको छ ।प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमुना शहरका रुपमा विकास गर्नेछांै । यही अभियानमा सरकारका योजना निर्माण गरिरहेका छौं । प्रदेशबासीलाई सुन्दर र नमुना राजधानी शहर हस्तान्तरण […]

आयुर्वेद पूर्विय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति हो : राष्ट्रपति विद्यादेवी भण्डारी

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताउनु भएको छ ।बुधबार नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद,योग, प्रणायम, ज्ञान, प्राकृतिक चिकित्साका साथै समुदायमा पाइने शारिरीक मानसिक एवंम् स्वास्थ्य सम्बन्धि लोप हुन लागेका प्राकृतिक […]

दाङमा नेपालकै प्रथम सहिद लखन थापा मगरको शालिक अनावरण

दाङ । नेपालकै प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४६ औं स्मृति तथा पुर्णकदको शालिक मंगलबार घोराहीको लखन पार्कमा अनावरण भएको छ ।नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको आयोजनामा निर्माण गरिएको उक्त शालिकको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले अनावरण गर्नु भएको हो । शालिक अनावरण कार्यक्रममा शुभकामना दिदै मुख्यमन्त्री गिरीले नेपालका प्रथम सहिद लखन […]

नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीद्वारा जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले साेमबार २८ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाएको छ ।२८औं जनयुद्धका अवसरमा कमिटीले बिहान वडा नम्बर १ भालुवाङमा रहेकाे शहिद कृष्णसेन इच्छुककाे शालिकमा माल्यणपर्ण गरि वडा नम्बर ३ खुरुरियामा रहेको स्वास्थ्य इकाई भवन परिसरमा आँप,अम्बा,कागती ,गुलमण,अमला लगायतका विभिन्न ३५ भन्दा बढी […]

अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट समुन्नत समाज रुपान्तरण सम्भव छ :मन्त्री थारु

दाङ । अध्यात्म र विज्ञानकाे समुचित संयोजनबाट मात्र समुन्नत समाज रुपान्तरण सम्भव हुन सक्ने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारुले बताउनु भएको छ।ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र,नेपाल क्षेत्रीय कार्यालय राप्ती दाङको आयोजना एवं ब्रह्माकुमारीज लमही सेवा केन्द्रको सह आयोजनामा भएको कार्यक्रममा सो कुरा बताउनु भएको हो । समुन्नत समाज रुपान्तरणका […]

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते प्रतिनिधि सभाको उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति सार्वजनिक गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएसँगै रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

लुम्बिनी प्रदेशका ७ मन्त्रीद्वारा शपथ ग्रहण

दाङ । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]