बारा । निर्वाचन क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
आज बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९ हजार ८७० मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६ हजार ७७१ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत पाएका छन् । यहाँ रास्वपा चौथो स्थानमा रहेको छ । रास्वपाका रमेशप्रसाद खरेलले ११७४ मत ल्याएका छन् भने पाँचौ स्थानमा रहेको आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत ल्याएका छन् ।
यस क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यहीँ बैशाख १० गते उपनिर्वाचन भएको हो ।