
Jsbg-7
ksbl-7
Csbg-7
Msbg-2
Gsbg-3
Usbl-7
Gsbr-6
Rksr-7
Pbu
Jsbr-3


दाङ । निर्वाचन क्षेत्र नम्बर १ बाट संघ र प्रदेशका लागि मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवार बनेका प्रत्याशी उम्मेदवारहरुले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न संघ र प्रदेशको निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेसनको तर्फद्वारा दाङ क्षेत्र नम्बर १ बाट संघीय सांसदको लागि उम्मेदवार बनेका शोभाराम बुढाले चुनावमा खर्च गरेको खर्च विवरण सार्वजनिक गरेका हुन् ।
त्यस्तै उनले मतदाता नामावली खरिदमा १० हजार,झण्डा र ब्यानर खरिद २० हजार,सवारी इन्धन ३० हजार,कार्यकर्ता परिचालन ८ हजार,प्रतिनिधि परिचालन १० हजार र विविध खर्चमा १५ हजार गरि जम्मा ८३ हजार खर्च गरेको बताएका छन् ।
त्यसैगरी सोही पार्टीका दाङ क्षेत्र नम्बर १(१) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका खुमबहादुर गाहा मगरले मतदाता नामावली खरिद ५ हजार,झण्डा र ब्यानर खरिदमा १० हजार,सवारी इन्धन खर्च १० हजार,कार्यकर्ता परिचालन ५ हजार,प्रतिनिधि परिचालन ३ हजार,विविध खर्च ५ हजार गरि जम्मा ३८ हजार खर्च गरेको बताए ।
यसैगरी निर्वाचन क्षेत्र नम्बर १(२) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका टिकलाल चौधरीले मतदाता नामावली खरिद ५ हजार,ब्यानर र झण्डा खरिद १० हजार,सवारी इन्धन खर्च ७ हजार, कार्यकर्ता परिचालन ३ हजार,सम्पर्क कार्यालय भाडा २ हजार,प्रतिनिधि परिचालन ३ हजार,विविध खर्च २ हजार गरि कुल ३२ हजार सार्वजनिक गरेका छन् ।
यो चुनावी खर्चको विवरण निर्वाचन आयोगलाई बुझाइ सकेको छ ।
