
Ggp
Asbus
Lnp
Sdc
Ksbus
Ksbus
Rgp
Ggp
Msbus

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ जिल्ला कार्यसमितिको अधिवेशन अन्तर्गत जिल्ला अध्यक्ष पदका लागि सम्पन्न निर्वाचनमा प्रेमबहादुर शाह निर्वाचित भएका छन् ।
घोराही उपमहानगरपालिका–१५, काठेकोलस्थित भिमसेन मन्दिर परिसरमा बिहीबार सम्पन्न निर्वाचनमा प्रतिनिधिहरुले उत्साहजनक सहभागिता जनाएका थिए । मतदान सम्पन्न भएपछि मतगणनाबाट प्रेमबहादुर शाह जिल्ला अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको हो ।
नवनिर्वाचित जिल्ला अध्यक्ष शाहलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनको नेतृत्वमा दाङमा राप्रपाको संगठन अझ सुदृढ, एकताबद्ध र जनमुखी बन्ने विश्वास व्यक्त गरिएको छ ।
त्यस्तै,अधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको भन्दै सहभागीहरुले नयाँ नेतृत्वसँग सबै पक्षलाई समेटेर संगठन विस्तार, पार्टीका सिद्धान्त र एजेन्डालाई जनस्तरसम्म प्रभावकारी रुपमा पुर्याउने अपेक्षा गरेका छन् ।
