अप्रिल फुल्स डे,आज संसारभर एकाअर्कालाई मूर्ख बनाउने दिन

काठमाडौँ । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँ छन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किम्बदन्तीअनुसार प्राचीन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । १५८२ मा पोप ग्रेगोरी तेह्रौँले १ […]

ब्राजिलियन महिलामाथि सामूहिक बलात्कार गर्ने ८ जना भारतीय पक्राउ

काठमाडौं । भारतमा हालैका वर्षहरूमा बलात्कारका घटना बढेका छन् । बेला बेलामा पर्यटक समेत बलात्कारमा परेका घटनाहरू पनि आइरहेका छन् । झार खण्डको दुम्कामा स्पेनबाट आएकी एक ब्राजिलियन पर्यटकको सामूहिक बलात्कार भएको हो । यस घटनामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । यसअघि प्रहरीले तीन अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरेको थियो । […]

नेपाल र भारतका केन्द्रीय बैंकद्वारा अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा सम्झौता

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन् । नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ । […]

नेपाल र युरोपेली मुलुक स्विट्जरल्याण्डबीच हवाई सेवा सम्झौता

काठमाडौं । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरि हवाई सेवा सम्झौता भएको बताए। उनका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन […]

भूकम्पबाट जापानमा ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो

काठमाडौं । शक्तिशाली भूकम्पमा परी जापानमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको […]

रुसी सेनामा भर्ती भएका ४ जना नेपालीहरुको भिडन्तका क्रम मृत्यु

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ४ जना नेपालीहरुको भिडन्तमा मृत्यु भएको छ । युक्रेन–रुस युद्धमा परी उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै दूतावासका अनुसार मृत्यु हुनेहरूमा इलामका गंगाराज मोक्तान, गोरखाका सन्दीप थपलिया, स्याङ्जाका प्रितम कार्की र दोलखाका राजकुमार रोक्का रहेका छन् । तीमध्ये तीन जनाको हालैको भिडन्तमा मृत्यु भएको हो […]

चीनमा नयाँ महामारीको रोगको आशंका,बच्चाहरुमा फैलिँदै

काठमाडौं । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा नयाँ भाइरसको संक्रमण देखियो । बिस्तारै उक्त कोरोनाभाइरस चीन हुँदै विश्वभर फैलियो । कोरोना भाइरसको महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन सकेको छैन । यस्तोमा चीनमा फेरि अर्को महामारी फैलिएको संकेत आइरहेको छ । त्यस्तै चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । […]

राप्ती गाउँपालिका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता

दाङ । राप्ती गाउँपालिका दाङसँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ। उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्थाले हालसम्म पालिका क्षेत्रमा गरेकाे कामको उच्च प्रसंशा गर्नु भएको थियो । त्यस्तै अध्यक्ष विष्टले कृषि क्षेत्रमा सीप […]

संयुक्त राष्ट्रसंघका महासचिव गुटेसेस नेपाल भ्रमण पूरा गरी फर्किए

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण पूरा गरी फर्किएका छन् । गुटेरेस बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गरेका हुन् । नेपाल भ्रमणको क्रममा गुटेरेसले मंगलबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने काममा नेपाल एक्लै नरहेको भन्दै त्यसलाई सघाउन राष्ट्रसंघ तयार रहेको बताएका थिए […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]