
Rbs
Ssbus
Gsbus
Ratbs
Bksbus5
Ddhbs
syysr
Jsbus
dsbus
Csbus
Nssbus7
Amb
Pbu
Syees
gms
Gsl

Vor
Sls
Gst
Rgu
Rgu
Ssm
Rgs
Bbu
Wsp
Sbs
Ggd
Pvg
Ksm
Hal
nsb
Bbbpu
Asm
Rsb
Tsm

Pls
Rpp
bbt
Gsb
Jmb
Syp
Bml
Jmb
Ptm
sab
Mks
Abd
Rmb
काठमाडौं । दुई दिने भ्रमणका लागि कतारका राजा नेपाल आउने भएपछि सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।
सोमबार आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि आउँदैछन् । विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने र हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
यसैगरी लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेश गर्ने र विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय समेत भएको छ ।
