Sidha Patra शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन् । नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

त्यस्तै सम्झौतासँगै नेपाल र भारतबीच सहज,सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास हुने विश्वास लिइएको छ । समझदारी पत्रमा नेपाल र भारतबीचको सीमापार रेमिट्यान्स प्रणालीलाई सहजीकरण गर्ने एउटा प्रमुख उद्देश्य राखिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]