Sidha Patra बिहिबार, मंसिर ०७, २०८०

काठमाडौं । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा नयाँ भाइरसको संक्रमण देखियो । बिस्तारै उक्त कोरोनाभाइरस चीन हुँदै विश्वभर फैलियो । कोरोना भाइरसको महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन सकेको छैन । यस्तोमा चीनमा फेरि अर्को महामारी फैलिएको संकेत आइरहेको छ ।

त्यस्तै चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को चिन्ता बढाइदिएको छ । यो रोग खासगरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ । यो महामारी निमोनियासँग मिल्दोजुल्दो भएको बताइएको छ । तर यसको कयौँ लक्षणहरू निमोनियाभन्दा अलग छ । यसको चपेटामा आएका बच्चाको फोक्सो सुन्निएको छ । उच्च ज्वरो, खोकी, रुघा र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ ।

रहस्यमय निमोनियाका अधिकांश बिरामी चीनको उतरपूर्वी बेइजिङ र लियाओनिङ लगायत सहरहरूमा उपचाररत छन् । रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ । यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको हो ।

कोभिडबारे पनि सुरुमा यही संस्थाले अलर्ट जारी गरेको थियो । यो रोगको प्रकोप कहिलेदेखि सुरु भयो भनेर स्पष्ट नभएको संस्थाले बताएको छ । बच्चाहरूबाट रोग वयस्कमा सरेको पनि नभेटिएको प्रोमेड अलर्टले बताएको छ । रहस्यमयी रोगबारे खबरहरू आउन थालेपछि डब्लयूएचओले चीन सरकारसँग विस्तृत जानकारी मागेको छ । यो रोगबारे चीनले यही नोभेम्बर १३ मा स्थानीय सञ्चार माध्यमहरूलाई बताएको थियो । उत्तरी चीनमा अहिले व्याप्त यो रोग चिनियाँ अधिकारीहरूले यस अघि रिपोर्ट गरेको रोगसँग सम्बन्धित छ कि छैन भनने चाहिँ स्पष्ट भइसकेको छैन ।

त्यस्तै रोगको अवस्थाबारे कडा निगरानी राख्न पनि चिनियाँ अधिकारीहरूलाई भनिएको छ । डब्यूएच ओका अनुसार प्रोमेडले नोभेम्बर २१ मा उत्तरी चीनमा फैलिरहेको यो रोगबारे सूचना दिएको थियो ।
एजेन्सी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]