
Bksbus5
Gsl
Ddhbs
Gsbus
Jsbus
Pbu
Syees
gms
Rbs
Csbus
Amb
Nssbus7
Ratbs
dsbus
Ssbus
syysr

Wsp
nsb
Bbu
Vor
Rgu
Bbbpu
Ksm
Ggd
Ssm
Rgs
Rgu
Asm
Gst
Pvg
Sls
Sbs
Tsm
Rsb
Hal

Bml
sab
Pls
Rpp
Jmb
Jmb
Mks
Syp
Ptm
bbt
Abd
Gsb
Rmb
काठमाडौं । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा नयाँ भाइरसको संक्रमण देखियो । बिस्तारै उक्त कोरोनाभाइरस चीन हुँदै विश्वभर फैलियो । कोरोना भाइरसको महामारीको प्रभावबाट विश्व राम्रोसँग तङ्ग्रिन सकेको छैन । यस्तोमा चीनमा फेरि अर्को महामारी फैलिएको संकेत आइरहेको छ ।
त्यस्तै चीनका कयौँ अस्पतालमा एक रहस्यमयी रोगका बिरामीको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । नयाँ महामारी फैलिन लागेको हो कि भन्ने खबरहरूले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को चिन्ता बढाइदिएको छ । यो रोग खासगरी विद्यालयका बच्चाहरूमा देखिएको बताइएको छ । यो महामारी निमोनियासँग मिल्दोजुल्दो भएको बताइएको छ । तर यसको कयौँ लक्षणहरू निमोनियाभन्दा अलग छ । यसको चपेटामा आएका बच्चाको फोक्सो सुन्निएको छ । उच्च ज्वरो, खोकी, रुघा र सास फेर्न गाह्रो हुने जस्ता समस्याहरू पनि देखिएको छ ।
रहस्यमय निमोनियाका अधिकांश बिरामी चीनको उतरपूर्वी बेइजिङ र लियाओनिङ लगायत सहरहरूमा उपचाररत छन् । रोग बढ्दै गएपछि सरकारले विद्यालय नै बन्द गर्ने तयारी गरिरहेको पनि बताइएको छ । यो रोगबारे अनलाइन मेडिकल समुदाय प्रोमेडले अलर्ट जारी गरेको हो ।
कोभिडबारे पनि सुरुमा यही संस्थाले अलर्ट जारी गरेको थियो । यो रोगको प्रकोप कहिलेदेखि सुरु भयो भनेर स्पष्ट नभएको संस्थाले बताएको छ । बच्चाहरूबाट रोग वयस्कमा सरेको पनि नभेटिएको प्रोमेड अलर्टले बताएको छ । रहस्यमयी रोगबारे खबरहरू आउन थालेपछि डब्लयूएचओले चीन सरकारसँग विस्तृत जानकारी मागेको छ । यो रोगबारे चीनले यही नोभेम्बर १३ मा स्थानीय सञ्चार माध्यमहरूलाई बताएको थियो । उत्तरी चीनमा अहिले व्याप्त यो रोग चिनियाँ अधिकारीहरूले यस अघि रिपोर्ट गरेको रोगसँग सम्बन्धित छ कि छैन भनने चाहिँ स्पष्ट भइसकेको छैन ।
त्यस्तै रोगको अवस्थाबारे कडा निगरानी राख्न पनि चिनियाँ अधिकारीहरूलाई भनिएको छ । डब्यूएच ओका अनुसार प्रोमेडले नोभेम्बर २१ मा उत्तरी चीनमा फैलिरहेको यो रोगबारे सूचना दिएको थियो ।
एजेन्सी
