दीर्घरोगीलाई घरमै निशुल्क औषधी

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका रोगीलाई घरमै निशुल्क औषधी बितरण गरेको छ । बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण सार्वजनिक यातायातका साधनहरु नचलेको बेला गाउँपालिकाले दीर्घरोगी र असाध्य रोगीका लागि १ महिनाको लागि निशुल्क औषधी उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । दीर्घरोगी एवम् […]

७८ बर्षीया वृद्धमा कोरोना आरडिटी पोजेटिभ देखिएपछि भैरहवा पठाईयो

नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाटका एक व्यक्तिमा कोरोनाको र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको छ । ७८ वर्षीय वृद्ध पुरुषमा कोरोनाका लागी गरिएको प्रारम्भिक परिक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर परिक्षणका लागी भैरहवा पठाइएको छ । कोरोनाको शंकास्पद बिरामिहरुलाई र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट परीक्षण गर्ने र यसमा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर यकिन गर्ने गरिन्छ […]

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुग्यो

काठमाडौं । झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार कोशी अस्पताल विराटनगरमा भएको परीक्षणमा थप एक जनाको रिपोर्ट ‘पोजेटिभ’ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। यी नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती […]

यात्रु बोक्ने एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

प्युठान । लकडाउनको अवधिमा बढी पैसा कमाउने उदेश्यले बिरामी छाडेर यात्रु ओसार्ने एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्युठान नगरपालिका ८ धर्मावती स्थित बाग्दुलामा चार जना यात्रुु बोकेको अवस्थामा एम्बुृलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।मा भारतिय भु.पु सैनिक संगठनद्वारा संचालित लु१च २१३६ नम्बरको एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । कोरोना भाइरसका कारण देश लकडाउनमा […]

कैलालीकी एक महिलामा काेराेना सङ्क्रमण

टीकापुर। कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी […]

बागलुङमा ५ सय ५ जनाको र्‍यापिड टेष्ट, रिर्पोट नेगेटिभ

बागलुङ।कोरोना भाईरसको जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थालिएको कोरोनो भाइरस (कोभिड १९) को शनिबार ३ सय ९७ जनामा द्रुत परीक्षण (¥यापिड टेष्ट) गरिएको छ । जिल्लाका चार स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा ¥यापिड टेष्ट गरिएको हो । विदेशबाट आएका बागलुङ नगरपालिकाका ९१ जना, बडिगाड […]

प्युठानमा र्‍यापिड टेष्ट सुरु, रिर्पोट नेगेटिभ

प्युठान । जिल्लामा कोरोना परीक्षण गरिएकामा १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना संक्रमणको जोखिम बढेसंगै प्युठानको ऐरावती गाउँपालिकाको मोती माध्यमिक बिध्यालय बरौला स्थित क्वारेन्टाइनमा १६ जनामा द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो । गाउपालिका उपाध्यक्ष बुद्ध बस्नेतले सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई यातायात खर्चको ब्याबस्था गरि शनिबार घर […]

पाँच चिकित्सक सेवाबाट निष्काशित

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ । अस्पतालका विभिन्न विशेषज्ञका रुपमा करीब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करीब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए ।कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले […]

भैरहवामा कोरोना परीक्षण सुरु

रुपन्देहीको भैरहवामा पनि कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ । यहा आइतबार साँझदेखि कोरोना भाईरसको परीक्षण थालिएको हो। आजै एउटा परीक्षण गरिएको छ । जसको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार देखि नियमित परीक्षण सुरु हुने भएको छ ।शुक्रबारदेखि नै परीक्षण हुने भनिए पनि प्रवाधिक कारणले गर्दा ढिलो भएको थियो । सरकारले प्रदेश ५ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]