
Sgr
Srbpu
Rgp1
Pes
cjs
Lnp
Rgp
Pbu
Unsku
Djs
sbs
Ggp
Gfs
pku

Ksm
Bbbpu
Asm
Rgu
Sbs
Ssm
Rgs
Gst
Sls
Vor
nsb
Pvg
Rgu
Wsp
Rsb
Tsm
Bbu
Ggd
Hal

Rmb
sab
Syp
Abd
Jmb
Rpp
Pls
bbt
Gsb
Ptm
Jmb
Mks
Bml
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी ४४ बर्षिय पुरुषलाई कोभिड–१९ को संक्रमण पुष्टी भयो । होम आइशोलेसनमा बस्दा स्वासप्रश्वास पक्रियामा समस्या भयो । अक्सिजन दिएर बिरामी भर्ना गर्नु पर्ने भयो । त्यसपछी लमही स्थित एचडियू कोभिड अस्पतालमा भर्ना गरियो । निमोनियाका कारण छातीमा संक्रमण भएको पत्ता लागेपछी उपचार थालियो । दुई दिन कोभिड अस्पतालमा औषधी चढाएर अक्सिजन दिईयो । जसले गर्दा शरिरमा अक्सिजनको मात्रा पुरा भयो । छातीमा देखिएको संक्रमण पनि कम हुदै गएपछी डिस्चार्ज गरेर घर पठाइएको कोभिड अस्पताल लमहीका प्रमुख पुष्प भुसालले जानकारी दिए । ‘समयमा अक्सिजन र औषधी पाउने हो भने छातीमा हुने थप संक्रमण रोक्न सकिन्छ’उनले भने–‘यहाँ भर्ना भएको दुई दिनमा रिकभर भएर डिस्चार्ज गर्ने अवस्थामा हामी पुग्यौं ।’
“अक्सिजन दिनुपर्ने संक्रमित भर्ना”
लमहीमा २५ वेडको कोरोना अस्पतालको सेवा सुरु भएपछी अक्सिजन दिएर उपचार गर्नुपर्ने बिरामी भर्ना गर्ने गरिएको छ । लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाको संयुक्त लगानीमा एचडियू अस्पताल स्थापना गरिएको हो । जटिल प्रकारका संक्रमितलाई यहाँ भर्ना गर्ने गरिएको छ । पहिलो चरणमा १२ वेड बाट उपचार थालिएको छ ।
बाँकी अन्य वेड थपिदै छ । कोरोना अस्पतालमा वेड नहुदा संक्रमितको उपचार प्रभावित भएको थियो । वेड कुरेर वस्दा संक्रमितको ज्यान जोखिममा थियो । कोभिड अस्पताल तयार भएको र होम आइशोलेसनमा बस्न नसक्ने अक्सिजन दिएर उपचार गर्नुपर्ने संक्रमितलाई अस्पतालमा भर्ना गरेर उपचार गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।‘कोभिडको संक्रमण भयाभह अवस्थामा नपुगोस भन्ने चाहन्छौं । स्वास्थ्य मापदण्डको पालना संगै जटिल प्रकारका संक्रमितको उपचारलाई संग संगै लगेका छौं’उनले भने–‘कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं । आवश्यकता अनुसार यसको क्षमता बढाउदै लैजान्छौं ।’
“आइशोलेसन पनि तयार”
कोरोना संक्रमित भएको तर, होम आइशोलेसन बस्न नसक्नेहरुका लागी छुट्टै आइशोलेसन तयार पारिएको छ । देउखुरी बहुमुखी क्याम्पसको भवनलाई आइशोलेसनको रुपमा प्रयोगमा ल्याइएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।‘एउटा कोठा भाडामा लिएर बस्नुभएका, घर परिवारमा अन्य दिर्घरोगी भएकाहरुको हकमा, गरिब विपन्न परिवारका व्यक्तिलाई होम आइशोलेसन बस्न असजिलो भएको खण्डमा हामीले उहाँहरुको सुविधाको लागी आइशोलेसन सञ्चालमा ल्याएका हौं’केसीले भने–‘हामी सबै तयारीका साथ यो महामारीको विरुद्धमा डटेर लागेका छौं ।’ ४० वेडको आइशोलेसन क्षमता रहेको तत्काल १० वेडको तयार पार्न थालिएको हो ।
