
Pes
pku
Rgp1
Sgr
Pbu
sbs
Rgp
Gfs
Srbpu
Ggp
Djs
Lnp
Unsku
cjs

Wsp
Sls
Ggd
Rgu
Hal
Rgs
Vor
Bbbpu
Gst
Sbs
Ssm
Ksm
Rsb
Tsm
Bbu
nsb
Pvg
Rgu
Asm

Gsb
Jmb
sab
Mks
bbt
Pls
Rpp
Bml
Syp
Ptm
Jmb
Abd
Rmb
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । त्यस्तै यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार,६ सय,६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
यस्तै १६ हजार एक सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ८७ जना र पाँच सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको हो ।
त्यसैगरी गएको २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ । अहिले नेपालमा ५९ हजार सात सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । एकैदिनमा नयाँ संक्रमण पुष्टि हुने र मृत्य हुनेका यो संख्या अहिलेसम्मकै धेरै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
