Sidha Patra मंगलबार, बैशाख २१, २०७८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ५५ जनाको मृत्यु भएको छ । त्यस्तै यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार चार सय १७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार,६ सय,६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

यस्तै १६ हजार एक सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ८७ जना र पाँच सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको हो ।

त्यसैगरी गएको २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ । अहिले नेपालमा ५९ हजार सात सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । एकैदिनमा नयाँ संक्रमण पुष्टि हुने र मृत्य हुनेका यो संख्या अहिलेसम्मकै धेरै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]