Sidha Patra बुधबार, बैशाख २२, २०७८

दाङ । रोल्पाको लिबाङबाट दाङको घोराही तर्फ आउँदे गरेको स्कार्पियो दूर्घना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दूई जना गम्भीर घाइते भएका छन् ।

दूर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का अन्दाजी ३४ बर्षीय बिष्णु गिरी रहेको दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बताए ।

उक्त दूर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ घर घोराही १७ मा बस्दै आएका ३५ बर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षीय बशन्त भण्डारी गम्भीर घाइते भएका छन् । डिएसपी रिजालका अनुसार उनीहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । स्कार्पियो चालक गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराही–कमेरेचौर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. ४ ओइरेनीमा बुधवार बिहान ७ बजेतिर उक्त दूर्घटना भएको थियो । रोल्पाको लिवाङबाट दाङको घोराही तर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कार्पियो सडकदेखि झन्डै ५ ÷ ६ सय मिटर तर खसेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै घाइतेलाई तत्कालै उद्धार गरि अस्पताल ल्याएपनि मृतकको शव अझैं घटनास्थलमै रहेको र त्यो शवपनि निकाल्ने प्रयास भइरहेको डिएसपी रिजालले जानकारी दिए । अहिले दुबै घाइते बोल्न सक्ने अवस्थामा नरहेको हुँदा दूर्घटनाको कारण अझैं थाहाँ हुन नसकेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]