मनाङको चामे गाउँपालिकामा एमालेका घले विजय

मनाङ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् । त्यस्तै उनी ३२० महितसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए ।

मनाङमा काङ्ग्रेसले खोल्यो जितको खाता, गाउँपालिका अध्यक्षमा लामा विजयी

काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोलेको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् । त्यस्तै लामा १५८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् । उक्त नार्पा भूमि गाउँपालिकामा जम्मा ४ सय ८४ मतदाता थिए । जसमा ३०४ मत […]

तनहुँको व्यास नगरपालिका मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट

तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । ब्यास नगरपालिका वडा नम्बर ८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन् । कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपक नेकपा एमालेको समर्थनमा मेयरको उम्मेदवार बनेका छन् ।

दाङको भालुबाङ्बाट नेकपा बहुमतका संयाेजक बास्ताेला पक्राउ

दाङ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ पर्नु भएको छ । उहाँलाई आज बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताएका छन् । स्थानीय निर्वाचनको ठिकअघि उहाँलाई पक्राउ गरिएको छ । चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले उहाँलाई पक्राउ गरेको छ । […]

प्युठानमा मौन अवधिको समय भोट माग्दै हिँडेका दुई समूहबीच झडप

प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्तारुढ गठबन्धन र एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् । यस्तै घाइते हुनेमा शंकर विश्वकर्मा,टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् । घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको छ । त्यस्तै गाउँमा भोट माग्दै हिँडेका […]

सिरहामा मतदातालाई पैसा वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ

काठमाडौं। सिरहामा मतदातालाई पैसा बाँड्ने क्रममा नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् । उनको साथबाट मतपत्र र ५४ हजार […]

जनताको समस्यालाई आफ्नै समस्या मान्ने छु:- मेयर उम्मेदवार ओमकार नाथ शुक्ल

कपिलवस्तु । नगरवासिहरुको रोजाईमा पर्न सफल महाराजगंज नगर प्रमुख पदका उम्मेदवार चुनावी मैदानमा उत्रिनु भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकतांत्रिक समाजवादी पार्टी नेपाल तर्फबाट महाराजगंज नगर प्रमुख पदका उम्मेद्वार ओमकार नाथ शुक्लले घरदैलोका क्रममा मतदाताहरुसंग भन्नुहुन्छ, ‘तपाई भोट दिनुस, म विकास गर्छु । लोकतांत्रिक समाजवादी पार्टी तर्फबाट महाराजगंज […]

वडाध्यक्षका उम्मेदवारको निधन

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीको गएराति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजोको विरामी रहनुभएको थियो । यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर समेत काम गर्नुभएको थियो । चुनाब प्रचारकै क्रममा एक्कासी विरामी […]

रोल्पाको थबाङ गाउँपालिका ५ नम्बर वडामा चुनावी सभा सम्पन्न

रोल्पा । थबाङ गाउँपालिकाको उवामा सोमबार चुनावी सभा सम्पन्न भएको छ । युगौदेखि आन्दोलित र शस्त्र द्वन्द आधारले रोल्पा कम्युनिस्ट जग मानिएको ठाँउ हो । थबाङ गाउँपालिकामा जम्मा ५ वटा वडा पालिकाहरु छन् । जसमा थबाङमा १ र २ वडा, मुरुल ३ नम्बर वडा,तेलखोलादेखि माथी ४नम्बर वडा र उवा थुलो गाउँसम्म ५ नम्बर वडा मिलेर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]