
Ggp
Rgp1
Rgp
Unsku
Srbpu
pku
Sgr
Pbu
Lnp

Pvg
Bbu
Tsm
Hal
nsb
Ssm
Ggd
Asm
Ksm
Rgu
Sls
Wsp
Rgu
Rsb
Rgs
Gst
Vor
Sbs
Bbbpu

Rmb
Rpp
Bml
Gsb
Jmb
sab
bbt
Ptm
Jmb
Pls
Mks
Syp
Abd
दाङ । लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
प्रदेश योजना आयोगको आयोजनामा सुरु भएको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रगतिको समीक्षा गरिने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिनु भयो । चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गरेका उपलब्धी र भावी कार्यक्रमको समीक्षा गरिने प्रवक्ता आचार्यको भनाइ छ । समीक्षा कार्यक्रम ३ दिनसम्म सञ्चालन हुने बताउँदै प्रवक्ता आचार्यले भन्नुभयो,‘चालु आर्थिक वर्षमा मन्त्रालयहरुले हालसम्म गरेका उपलब्धी समीक्षा गर्नुका साथै आगामी दिनमा सरकारका कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा यो समीक्षा कार्यक्रमले टुंगो लगाउँछ ।’
उक्त अवसरमा मुख्यमन्त्री लिला गिरीले योजना कार्यान्वयनमा केन्द्रीत हुन मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो । प्रदेश सरकारको हालसम्मको प्रगति चिन्ताजनक रहेको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘अबको हाम्रो सम्पूर्ण ध्यान योजना कार्यान्वयनमा केन्द्रीत हुनुपर्दछ । सरकारले हालसम्म हासिल गरेको लक्ष्य चिन्ताजनक छ । यसलाई सुधार गर्नतर्फ मन्त्री ज्यूहरु, सचिव ज्यूहरु लाग्नुहोस् । जनताले महसुस गर्ने खालको विकास गर्नतर्फ हाम्रा योजना केन्द्रीत हुनुपर्दछ ।’परिणाम निस्कने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘कुनै समय लुम्बिनी मुलुककै सतप्रतिशत उपलब्धी हासिल गर्ने प्रदेशका रुपमा चिनिन्थ्यो । आजको तपाईँहरुको रिपोर्टले मलाई चिन्तित तुल्याएको छ । विगतको पहिचान पुनः फर्काउने गरी काम गर्नुहोस् ।’
समीक्षा कार्यक्रममा खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जक्की अहमद् अन्सारीले मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो । चालु आर्थिक वर्षमा ५ अर्ब ३९ करोड १२ लाख ५७ हजारको बजेट विनियोजन गरेको भन्दै सचिव अन्सारीले १ अर्ब ८९ करोड ५४ लाख ११ हजार रुपैया खर्च भएको बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले हालसम्म ३५.१६ प्रतिशत खर्च गरेको छ ।
त्यस्तै आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयले हालसम्म २४.६८ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयका सचिव लालबाबु कवारीले ६८ करोड १६ लाख ६४ हजार बजेट विनियोजन गरेकोमा हालसम्म १६ करोड ८२ लाख ६५ हजार रुपैया बराबरको बजेट मात्रै खर्च गरेको जानकारी दिनुभयो । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले मन्त्रालयले ३५.४८ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मन्त्रालयले २ अर्ब ८१ करोड ५२ लाख ५४ हजार रुपैयाको बजेट विनियोजन गरेको भन्दै सचिव पन्थले हालसम्म ९९ करोड ८८ लाख ७३ हजार रुपैया मात्रै खर्च भएको जानकारी दिनुभयो ।
उक्त अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले मन्त्रालयले २७.७० प्रतिशत बजेट खर्च गरेको जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा मन्त्रालयले १२ अर्ब ८० करोड ९५ लाख ९० हजार रुपैयाको बजेट विनियोजन गरेको भन्दै सचिव श्रेष्ठले हालसम्म ३ अर्ब ५४ करोड ८३ लाख ५८ हजार रुपैया बराबरको बजेट मात्र खर्च भएको जानकारी दिनुभयो ।
