
Csbus
Gsl
Jsbus
gms
dsbus
Ratbs
Ddhbs
Gsbus
Rbs
Bksbus5
Syees
Amb
Nssbus7
syysr
Pbu
Ssbus

Hal
Tsm
Pvg
Rgs
Vor
Sbs
nsb
Ksm
Bbu
Rgu
Rgu
Bbbpu
Rsb
Gst
Wsp
Ssm
Ggd
Sls
Asm

Bml
Jmb
Mks
Syp
Abd
Rmb
sab
Pls
Ptm
bbt
Gsb
Rpp
Jmb
दाङ । नेपाली काँग्रेसको गढ भनेर चिनिने दाङ जिल्लामा काँग्रेस प्रतीको आस्था थपिदै गएको छ । दाङको देउखुरीमा काँग्रेसमा प्रबेश गर्नेहरुको जन लहर जस्तै छ । सोमबार मात्र देउखुरीको राप्तीमा विभिन्न पार्टी परित्याग गर्दै एकसय छ जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।
नेपाली काँग्रेस राप्ती गाउँपालिका वडा नं ३ को पार्टि कार्यालयको शुभारम्भ कार्यक्रमको अबसरमा उनिहरु पार्टी प्रबेश भएका हुन् ।
उनिहरुलाई नेपाली काँग्रेस संविधान सभा सदस्य शुसिला चौधरी, दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेय, महासमिती सदस्य जानकीलाल बस्नेत लगायतका नेताहरुले पार्टीको सदस्यता बितरण गर्दै स्वागत गरेका छन् ।
वडा सभापति श्रीधर खत्रिको अध्यक्षता तथा संविधान सभा सदस्य सुशिला चौधरीको प्रमुख आथित्यता एबम् नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेय, महासमिति सदस्य जानकी लाल बस्नेत, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको विशिष्ट आथित्यतामा भएको पार्टि कार्यालयको शुभारम्भ तथा पार्टि प्रबेश कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र मुलुकको समृद्धिमा योगदान पुर्याउनका लागि वडा पार्टी कार्यालयको स्थापना तथा स्थानिय नागरिकलाई पार्टिमा प्रबेश गराईएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी शुसिला चौधरीले अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व संविधान निर्माताकै जिम्मेवारी हुने बताईन ।
त्यस्तै नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डेयले मुलुककै पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेसले आफ्नो भूमिका र प्रभावकारिता थप सशक्त बनाउन जरुरी रहेको बताए । राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श अनि मान्यताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, शान्ति र अहिंसाको सैद्धान्तिक धरातलमा आधुनिक र समुन्नत नेपालको निर्माण अभियानमा जुट्नु अहिलेको दायित्व रहेको बताउँदै पाण्डेयले राप्ती गाउँपालिका काँग्रेस अव झन बलियो काँग्रेस भएर स्थापित भएको प्रती खुसी ब्यक्त गरे ।
कार्यक्रममा संविधान सभा सदस्य सुशिला चौधरी, क्षेत्रिय सभापति भेषराज पाण्डेय, महासमिति सदस्य जानकी लाल बस्नेत, नुमानन्द सुवेदि, जेष्ठ राजनीतिज्ञ सभा सदस्य देवनारायण चौधरी, प्रजातान्त्रिक जेष्ठ नागरिक समाज केन्द्रिय सदस्य आत्माराम भट्टराई, प्रदेश सभापति तारा बहादुर डिसी, राप्ती पालिका सभापति विद्याशरण चौधरी, वडा नं २ का सभापति युवराज भुसाल, पुर्व जनप्रतिनिधि एवं जेष्ठ नेता दोर्ण भुसाल, निवर्तमान सभापति दुर्योधन पाण्डे, महिला संघ अध्यक्ष जगदम्वा कुमारी चौधरी, पालिका उपसभापति स्यामा रावत, वडा उपसभापति बुद्धिराम चौधरी लगायतले बोलेका थिए ।
