
Ksb
Nsb
Usb
Rsb
Fmb
Gsb
Ssb
Ksb
Csb
Ssb
jsb
Rks
Tgp
Ksb
Bsn
Ppu

Tsb
Ssb
Hl1
Gsb
Usb

Rgu
Nps
ptl
सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा २ धावपानीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको छ ।
दुर्घटना भएको जीप सडकबाट ६० मिटर तल खसेको थियो । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
