
bpmhl
Jsbus
Pbu
Rsbus
gms
Gsbus
Nssbus7
Bsbus
Ssbus
Ksbus
Lsbus
Csbus
Ksbus
Gsl
dsbus
Ssbus
Ssbus
Ksbus
Bksbus5

nsb
Ssm
Vor
Tsm
Pvg
Hal
Rgu
Wsp
Ksm
Sls
Rgs
Rsb
Sbs
Gst
Bbu
Asm
Rgu
Bbbpu
Ggd

Pls
Rpp
bbt
Mks
Jmb
Ptm
Abd
Syp
Bml
sab
Rmb
Jmb
Gsb
दाङ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा गरिबी निवारणका लागि लघु उद्दम बिकाश कार्यक्रम (MEDPA) ले १ दिने अभिमुखीकरण गरेको छ ।
‘सीप सिकौ आत्म निर्भर बनौ’ भन्ने उद्देश्य सहित MEDPA ले लमही नगरका १ र ९ नम्बर वडामा अभिमुखीकरण गरिसकेको छ । वडा स्तरिय टोल बिकाश सँस्थाका पदाधिकारी, वडा कर्मचारी, जनप्रतिनिधि, बुद्दीजिवी तथा समाजसेवी हरुको बिच MEDPA ले अभिमुखीकरण गरिरहेको छ ।
यस्तै मँगलबार लमही नगरको वडा नम्बर ७ मा पनि अभिमुखीकरण सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । त्यसैगरी कार्यक्रममा बोल्दै वडाध्यक्ष गिरीले सीप सिकाएर आत्म निर्भर बनाउने MEDPA को कार्यक्रम प्रसँशनिय रहेको बताए । सीप सिकेर ब्यबहारमा लागू गर्दै आत्म निर्भर बन्न वडाध्यक्ष गिरीले सम्पुर्ण वडाबासीलाई हौसाए ।
लमही नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा लमही नगरपालिका ७ अन्तरगतका ४ ओटा टोल बिकाश सँस्थालाई समेटेर सहभागिता मुलक ग्रामिण लेखाजोखा सम्बन्धी बृहत् कार्यक्रम गरिने निर्णय भएको छ ।
अर्जुनखोला टोल बिकाश सँस्था,कमानपुर,हसनापुर र बन्गैँ टोलबिकाश सँस्था अन्तरगत बसोबास गरिरहेका नागरिकका लागि बिभिन्न सिप प्रदान गर्नका निम्ति यही १६ गते ग्रामिण लेखाजोखा कार्यक्रम गरिने भएको हो ।
त्यस्तै सोही अबसरमा कार्यक्रम बारे जानकारी गराउदै सहभागिता मुलक ग्रामिण लेखाजोखा कार्यक्रम, नक्सा निर्माण र विभिन्न आयमुलक सीप प्रदान गरिने उद्दम बिकाश सहजकर्ता प्रमिला योगीले जानकारी दिईन । सीप सिकेर आयमुलक कार्यमा जोडिनका लागि MEDPA ले सहुलियत ब्याजदरमा ऋण उपलब्ध समेत गराउने छ ।
