टेकबहादुर पुन बुधबार, कार्तिक १०, २०७८

दाङ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा गरिबी निवारणका लागि लघु उद्दम बिकाश कार्यक्रम (MEDPA) ले १ दिने अभिमुखीकरण गरेको छ ।

‘सीप सिकौ आत्म निर्भर बनौ’ भन्ने उद्देश्य सहित MEDPA ले लमही नगरका १ र ९ नम्बर वडामा अभिमुखीकरण गरिसकेको छ । वडा स्तरिय टोल बिकाश सँस्थाका पदाधिकारी, वडा कर्मचारी, जनप्रतिनिधि, बुद्दीजिवी तथा समाजसेवी हरुको बिच MEDPA ले अभिमुखीकरण गरिरहेको छ ।

यस्तै मँगलबार लमही नगरको वडा नम्बर ७ मा पनि अभिमुखीकरण सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । त्यसैगरी कार्यक्रममा बोल्दै वडाध्यक्ष गिरीले सीप सिकाएर आत्म निर्भर बनाउने MEDPA को कार्यक्रम प्रसँशनिय रहेको बताए । सीप सिकेर ब्यबहारमा लागू गर्दै आत्म निर्भर बन्न वडाध्यक्ष गिरीले सम्पुर्ण वडाबासीलाई हौसाए ।लमही नगरपालिकाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा लमही नगरपालिका ७ अन्तरगतका ४ ओटा टोल बिकाश सँस्थालाई समेटेर सहभागिता मुलक ग्रामिण लेखाजोखा सम्बन्धी बृहत् कार्यक्रम गरिने निर्णय भएको छ ।

अर्जुनखोला टोल बिकाश सँस्था,कमानपुर,हसनापुर र बन्गैँ टोलबिकाश सँस्था अन्तरगत बसोबास गरिरहेका नागरिकका लागि बिभिन्न सिप प्रदान गर्नका निम्ति यही १६ गते ग्रामिण लेखाजोखा कार्यक्रम गरिने भएको हो ।

त्यस्तै सोही अबसरमा कार्यक्रम बारे जानकारी गराउदै सहभागिता मुलक ग्रामिण लेखाजोखा कार्यक्रम, नक्सा निर्माण र विभिन्न आयमुलक सीप प्रदान गरिने उद्दम बिकाश सहजकर्ता प्रमिला योगीले जानकारी दिईन । सीप सिकेर आयमुलक कार्यमा जोडिनका लागि MEDPA ले सहुलियत ब्याजदरमा ऋण उपलब्ध समेत गराउने छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]