दाङ । प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा पाण्डव शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न प्रेस सेन्टर दाङको चौंथो अधिवेशनबाट शर्मा सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन्।
त्यस्तै अधिवेशनले शर्माको अध्यक्षमा एक जना कार्यसमितिले पछि मनोनित गर्नेगरी २३ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), समावेशी उपाध्यक्षमा अनिता पोख्रेल,सचिवमा जनक नेपाली, सहसचिवमा दीपक बोहोरा,समावेशी सहसचिवमा राजेश चौधरी र कोषाध्यक्षमा जीवन नेपाली निर्वाचित भएका छन् ।अधिवेशनले गिरिराज नेपालीलाई कार्यलय सदस्यको जिम्मेवारी दिएको छ । त्यसैगरी अधिवेशनले सदस्यहरुमा सुमन केसी, विकास डाँगी,शान्त बुढा,भागबत भट्टराई, सन्तोष डाँगी,आभाष बुढाथोकी,उदिराम चौधरी,उमेश बञ्जाडे,हेमराज नेपाली परिवर्तन,कमल कँवर,पुष्पा पौडेल,अंगराज परियार र अस्मिता नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।
उक्त कार्यक्रम पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।