
Pbu
Dbc
Sdc
Snmbs
snmbs
Snmbs
Dpm
rgs
Ges
Mbf
dpm
Gesld
Amb


दाङ । नेकपा एमाले गढवा गाउँपालिका संगठन कमिटीको प्रथम अधिवेशन मंगलवार सर्बसम्मत नेतृत्व चयन सहित गढवामा सम्पन्न भएको छ ।
पार्टीका गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रदेश कमिटी सदस्य तथा प्रतिनिधीसभाका सांसद गंगा चौधरी सत्गौंवाले गर्नुभएको थियो ।
अधिवेशनले वावुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यिय गाउँपालिका कमिटी सर्बसम्मत चयन गरेको छ । गाउँपालिका कमिटी ७५ जनाको हुने प्राबधान बमोजिम ९ महिला सहित २२ जना पछि थपगर्ने गरि पालिका अधिवेशन सम्पन्न भएको मतदान अधिकृत बासुदेव बेल्बासेले जानकारी दिनु भयो । सर्बसम्मत नेतृत्वको उपाध्यक्षमा मधा न्यौपाने,सचिव शिबराज पन्थी,उपसचिवमा मानबहादुर वली र केसरी गिरि सहित कुल ५३ जना रहनु भएको छ ।
सदस्यहरुमा लालबहादुर कुमाल,निगुणप्रसाद यादव,राजाराम चौधरी,नरेन्द्रसिंह बुढा,हेमराज शर्मा अधिकारी,कमल प्रसाद खनाल,रामबहादुर थापा क्षेत्री,नारायण बहादुर थापा,बिमला श्रेष्ठ,इवरा आचार्य,नवनिधी पन्थी,टिकाराम भण्डारी,मनिराम अर्जेल,महेश बुढाथोकी,दिवस कुमाल,हरिनारायण चौधरी,बसन्तराज अर्याल,हमराज चौधरी,शारदा बिक,अमित चौधरी,अब्दुल मालिक सिद्दिकी,पबित्रा खनाल,पशुपति चौधरी,रेखा परियार,शिबरतन चौधरी,महेश कुमाल,डम्बर बहादुर योगी,अमिन खाँन,रमेश बाँठामगर,खलिल अहमद मनिहार,सबिना खातुन,ढकबहादुर एमसी,मिना महतरा क्षेत्री,हेमन्ती कुमारी कुमाल,बसन्ता पुरी,अनन्तराम लोध,मोहम्मद इर्फान खाँन,निर्मला चौधरी,हरिकुमार यादव,भगवती चौधरी,शनिराम चौधरी,गोबिन्द बोहोरा,बर्ष पाण्डे,गणेशराम चौधरी,पतिराम डाला,लालु पुरी,मिना खत्री र नानीमाया गुरुङ रहनुभएको निर्वाचन अधिकृत बासुदेव पाण्डेयले जानकारी दिनु भयो ।
त्यस्तै अधिवेशनमा पार्टीका नवनिर्वाचित पदाधिकारीहरुलाई लुम्बिनी प्रदेश कमिटी सदस्य नारायण भुसाल, जिल्ला कमिटकिा सदस्य सहजराम यादव लगायत जिल्ला कमिटीका सदस्यहरुले बधाई तथा शुभकामना दिनुभएको थियो ।
सो अवसरमा गढवाका सामाजिक ब्यक्तित्व रेशमबहादुर शाही एमालेमा प्रबेश गर्नुभएको थियो । पार्टी प्रबेश गर्ने शाहीलाई सांसद गंगा चौधरीले टिका तथा खादा लगाएर सम्मान गर्नुभएको थियो । पार्टीका जिल्ला कमिटी सदस्य खिमबहादुर बुढाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

