
Anm
Sds
Mbdvs
Gmk
Gisld
Rbs
Pbu
mbd
Ksm

Ssm
Hal
Sls
Pvg
Asm
Ggd
Rgu
Ksm
Rgs
Rsb
nsb
Bbbpu
Sbs
Vor
Rgu
Wsp
Bbu
Tsm
Gst

Pls
Jmb
Jmb
Rmb
Rpp
sab
Ptm
Syp
Abd
Gsb
bbt
Bml
Mks
दाङ । नेकपा एमाले गढवाको आयोजनामा शुक्रवार गढवा ७ को चन्दनपुरमा भएको पार्टी प्रबेश कार्यक्रममा नेपाली काँगे्रसका क्षेत्रीय सदस्य उमाकान्त डाँगी र माओवादीका राजाराम चौधरी लगायत ६९ जना एमालेमा प्रबेश गरेका छन् ।
एमाले गढवा ७ का वडा अध्यक्ष श्याम चौधरीको अध्यक्षता र पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका नेता एवं प्रतिनिधीसभाका सांसद गंगा चौधरी,राष्ट्रिय परिषद सदस्य तथा लुम्बिनी प्रदेश सांसद रेवतीरमण शर्मा,जिल्ला अध्यक्ष टिकाराम खड्का,जिल्ला सचिव मनोहर बुढाथोकी र लुम्बिनी प्रदेश सदस्य सहजराम यादव लगायतले नयाँ प्रबेश गर्नेहरुलाई बधाई तथा शुभकामना दिदै पार्टीले उच्च मुल्यांकन गर्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहनुभएका पार्टीका केन्द्यि सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीले एमाले जनताको पार्टी भएको र बिकास तथा समृद्धिका महत्वपुर्ण कामहरु गर्दै आएको बताउनुभयो । पार्टीका गढवा ७ इन्चार्ज चुडामणि पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको पार्टी प्रबेश कार्यक्रमको संचालन एमाले गढवाका सचिव शिबराज पन्थीले गर्नुभएको थियो । सो अवसरमा तपशिल बमोजिमका नामावली सहित कुल ६९ जनाले बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गर्नुभएको छ ।
१) उमाकान्त डाँगी (नेपाली काँगे्रसको क्षेत्रिय सदस्य बाट एमालेमा प्रबेश),२) अम्मर बहादुर ओली (पुर्व वडा सभापति),३) एम्बेबहादुर बस्नेत (कृयाशिल सदस्य तथा चन्दनपुर साव अध्यक्ष),४) दिपा खत्री कृयाशिल सदस्य,५) कृष्णबहादुर चौधरी,६) हस्तविर अहिर,७) बिष्णु घर्ति,८) राजाराम चौधरी (नेकपा माओबादी केन्द्रबाट),९) टेकबहादुर कँवर,१०) नविन सुवेदी,११) सिता कुमारी खत्री,१२) रामेश्वर यादव,१३) शान्तीदेवि यादव,१४) भरत जिसी,१५) कर्णबहादुर थापा,१६) लालबहादुर थापा,१७) शेरबहादुर सारु थापा,१८) प्रेम खत्री,१९) दुर्गा डाँगी,२०) हिरी वली,२१) कृष्ण प्रसाद रिजाल (माओवादी केन्द्रबाट),२२) बालाराम बिक (माओवादी केन्द्रबाट),२३) श्रीधर खुलाल,२४) बसन्ता बस्नेत,२५) देउकुमारी चौधरी,२६) चमेली चौधरी लगायत ६९ जनाले प्रवेश गरेका हुन् ।
यसैगरि एमाले गढवाको शनिवार सम्पन्न हुने वडा अधिवेशनको सम्पुर्ण तयारी पुरा भैसकेको पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनु भएको छ ।




