
Ddhbs
dsbus
gms
Csbus
Pbu
Gsl
Amb
Jsbus
Bksbus5
Ratbs
Nssbus7
Syees
Ssbus
syysr
Rbs
Gsbus

Rgu
Ksm
Sls
Pvg
Rgs
Asm
Ssm
nsb
Rgu
Gst
Wsp
Tsm
Hal
Ggd
Vor
Rsb
Sbs
Bbu
Bbbpu

Abd
Bml
Mks
Rmb
Pls
sab
Gsb
bbt
Jmb
Syp
Ptm
Jmb
Rpp
दाङ । आइतबारदेखि लगातार परेको वर्षाको कारण किसानको धानबालिमा पुगेको नोक्सानीको राष्ट्रिय जनमोर्चा दाङले किसानलाई क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यले बुधबार एक विज्ञप्ति प्रकाशित गरी किसानहरुले आफ्नो मुख्य बाली धान भित्राउने बेलामा भएको लगातारको वर्षाले ठूलो नोक्सानी भएको भन्दै क्षतिपुर्ति दिन माग गर्नुभएको हो ।
त्यस्तै ‘मौसमविदहरुले वर्षाको विषयमा पूर्व जानकारी गराइरहँदा पनि स्थानीय सरकार बेखबर भएर बस्यो । किसानलाई सचेत गराउने काम गरेन’ विज्ञप्तिमा भनिएको छ, ‘जसको कारण किसानहरुले काटेको धान पानीमा डुबेर ठूलो नोक्सानी भएको छ । किसानहरुको नोक्सानीको मूल्यांकन गरि क्षतिपूर्तिको उचित व्यवस्था गर्न जोडदार माग गर्दछौं ।’
यस्तै, राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्की र कैलाली जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी किसानलाई तत्काल राहत र क्षतिपुर्ती उपलब्ध गराउन माग गर्नुभएको छ । साथै, राजमो प्रदेश अध्यक्ष भट्टले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा खट्न पनि कार्यकर्ता तथा समर्थकहरुसँग आग्रह गर्नुभएको छ । अविरल वर्षाका कारण देशभर जनधनको ठूलो क्षति हुनाका साथै किसानले थन्क्याउन ठिक्क परेको धानबाली नोक्सान भएको छ ।
