Sidha Patra बिहिबार, कार्तिक ०४, २०७८

दाङ । आइतबारदेखि लगातार परेको वर्षाको कारण किसानको धानबालिमा पुगेको नोक्सानीको राष्ट्रिय जनमोर्चा दाङले किसानलाई क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

जिल्ला अध्यक्ष गणेश आचार्यले बुधबार एक विज्ञप्ति प्रकाशित गरी किसानहरुले आफ्नो मुख्य बाली धान भित्राउने बेलामा भएको लगातारको वर्षाले ठूलो नोक्सानी भएको भन्दै क्षतिपुर्ति दिन माग गर्नुभएको हो ।

त्यस्तै ‘मौसमविदहरुले वर्षाको विषयमा पूर्व जानकारी गराइरहँदा पनि स्थानीय सरकार बेखबर भएर बस्यो । किसानलाई सचेत गराउने काम गरेन’ विज्ञप्तिमा भनिएको छ, ‘जसको कारण किसानहरुले काटेको धान पानीमा डुबेर ठूलो नोक्सानी भएको छ । किसानहरुको नोक्सानीको मूल्यांकन गरि क्षतिपूर्तिको उचित व्यवस्था गर्न जोडदार माग गर्दछौं ।’

यस्तै, राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्ट, राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्की र कैलाली जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी किसानलाई तत्काल राहत र क्षतिपुर्ती उपलब्ध गराउन माग गर्नुभएको छ । साथै, राजमो प्रदेश अध्यक्ष भट्टले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा खट्न पनि कार्यकर्ता तथा समर्थकहरुसँग आग्रह गर्नुभएको छ । अविरल वर्षाका कारण देशभर जनधनको ठूलो क्षति हुनाका साथै किसानले थन्क्याउन ठिक्क परेको धानबाली नोक्सान भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]