
gms
Bksbus5
Jsbus
Syees
Gsl
Rbs
Ssbus
Gsbus
Ddhbs
Nssbus7
Csbus
dsbus
Amb
syysr
Pbu
Ratbs

nsb
Ggd
Rgu
Hal
Pvg
Wsp
Sbs
Ssm
Rgs
Rsb
Ksm
Bbu
Tsm
Sls
Asm
Rgu
Bbbpu
Gst
Vor

Syp
Gsb
Abd
bbt
Ptm
Jmb
Mks
Jmb
Rmb
Pls
Bml
Rpp
sab
दाङ । नेकपा एमाले गढवाले बुधवार अगुवा कार्यकर्ता भेला गरि आगामी कार्तिक ६ गते देशैभरी एकसाथ हुन गै रहेको पार्टीको वडा अधिवेशन र ९ गते सम्पन्न हुन गै रहेको पालिका अधिवेशनको तयारी बैठकको आयोजना गरि जिम्मेवारी बाँडफाँड गरेको छ ।
पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षता र इन्चार्ज सहजराम यादव तथा लुम्बिनी प्रदेश सदस्य सन्तबचन यादवको बिशेष उपस्थितीमा जिम्मेवारी बाँडफाँड गरि आठवटै वडाहरुमा अधिवेशनको अन्तिम तयारी गरेको पार्टी स्रोतले जनाएको छ । जस अनुसार कार्तिक ६ गतेका दिन वडानं. १ को बनघुस्री,वडानं. २ को रात्री प्राबि पचहिया,वडानं.३ को गोबरडिहा र वडानं.४ को रामनगर स्थित पार्टी कार्यालयमा अधिवेशन गर्ने ठेगान गरेको छ । यसैगरी वडानं. ५ को बाँकी,वडानं.६ को गढवा उद्योग बाणिज्य संघको सभाहल,वडानं.७ को ज्योति सामुदायिक वनको हल तथा वडानं. ८ को महेन्द्र आधारभूत कोइलाबासमा गरिने भएको पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनु भयो ।
पार्टीले अधिबेशन सफल पार्नकालागि जिम्मेवारी समेत बाँडफाँड गरेको जनाएको छ । जस अनुसार वडानं.१ म जिल्ला सदस्यहरु देविलाल थारुकुमाल र गोबिन्द बोहोरा,वडानं.२ मा कृष्ण गिरी,सन्तबचन यादव,वडानं.३ मा भगवती प्रसाद चौधरी र चञ्चला चौधरी तथा वडानं. ४ मा नरेन्द्र यादव,लोकराज अधिकारी,कमला आचार्य र पारशराम यादवलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै वडानं. ५ मा मोहन बुढा,डिल्ली आचार्य र सिता चौधरी,वडानं. ६ मा खिमबहादुर बुढा, मधा न्यौपाने,जया बिश्वकर्मा र नसिम अहमद मनिहार,वडानं. ७ मा क्षेत्रिय सदस्य रमेश न्यौपाने र जिल्ला सदस्य चन्द्रराज पाण्डेय तथा वडानं. ८ मा मक्बुल अलिमिया,सन्दीप अधिकारी र अब्दुल खालिक सिद्दिकीलाई जिम्मेवारी प्रदान गरिएको एमाले गढवाले जनाएको छ ।
यसैगरी आगामी कार्तिक ९ गते सम्पन्न हुने पालिका स्तरको अधिवेशन तयारीका लागि पनि जिम्मेवारी बाँडफाँड गरिएको पार्टीले जनाएको छ । गढवा उद्योग बाणिज्य संघको सभाहलमा पालिका अधिबेशन राख्ने निर्णय भएको बैठकपछि पार्टीका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । पार्टीको वडा अधिवेशन सम्पन्न गर्न जिल्लाबाट प्रत्येक वडाहरुमा दुई÷दुई जना कर्मचारीहरु खटिने स्रोतले जनाएको छ । अधिवेशन सफल पर्न खटिने सरकारी कर्मचारीहरुलाई पार्टीको तर्फबाट समन्वय,सहकार्य र सहयोग रहने एमाले गढवाले जनाएको छ । अबिधेशनको क्रममा पार्टिका केन्द्रिय सदसयहरु समेत रहेको जिल्ला इन्चार्ज सहितको सु–परिबेक्षण टोली समेत परिचालन हुने बताइएको छ । सर्बसम्मत नेतृत्वको चयन नभएको खण्डमा जिल्लाबाट खटि आएका कर्मचारीहरुले प्रकृयागत ढंगले बिधान बमोजिम निर्वाचन सम्पन्न गराउने छन् ।
