शिबराज पन्थी/गढवा बुधबार, कार्तिक ०३, २०७८

दाङ । नेकपा एमाले गढवाले बुधवार अगुवा कार्यकर्ता भेला गरि आगामी कार्तिक ६ गते देशैभरी एकसाथ हुन गै रहेको पार्टीको वडा अधिवेशन र ९ गते सम्पन्न हुन गै रहेको पालिका अधिवेशनको तयारी बैठकको आयोजना गरि जिम्मेवारी बाँडफाँड गरेको छ ।

पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षता र इन्चार्ज सहजराम यादव तथा लुम्बिनी प्रदेश सदस्य सन्तबचन यादवको बिशेष उपस्थितीमा जिम्मेवारी बाँडफाँड गरि आठवटै वडाहरुमा अधिवेशनको अन्तिम तयारी गरेको पार्टी स्रोतले जनाएको छ । जस अनुसार कार्तिक ६ गतेका दिन वडानं. १ को बनघुस्री,वडानं. २ को रात्री प्राबि पचहिया,वडानं.३ को गोबरडिहा र वडानं.४ को रामनगर स्थित पार्टी कार्यालयमा अधिवेशन गर्ने ठेगान गरेको छ । यसैगरी वडानं. ५ को बाँकी,वडानं.६ को गढवा उद्योग बाणिज्य संघको सभाहल,वडानं.७ को ज्योति सामुदायिक वनको हल तथा वडानं. ८ को महेन्द्र आधारभूत कोइलाबासमा गरिने भएको पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनु भयो ।

पार्टीले अधिबेशन सफल पार्नकालागि जिम्मेवारी समेत बाँडफाँड गरेको जनाएको छ । जस अनुसार वडानं.१ म जिल्ला सदस्यहरु देविलाल थारुकुमाल र गोबिन्द बोहोरा,वडानं.२ मा कृष्ण गिरी,सन्तबचन यादव,वडानं.३ मा भगवती प्रसाद चौधरी र चञ्चला चौधरी तथा वडानं. ४ मा नरेन्द्र यादव,लोकराज अधिकारी,कमला आचार्य र पारशराम यादवलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै वडानं. ५ मा मोहन बुढा,डिल्ली आचार्य र सिता चौधरी,वडानं. ६ मा खिमबहादुर बुढा, मधा न्यौपाने,जया बिश्वकर्मा र नसिम अहमद मनिहार,वडानं. ७ मा क्षेत्रिय सदस्य रमेश न्यौपाने र जिल्ला सदस्य चन्द्रराज पाण्डेय तथा वडानं. ८ मा मक्बुल अलिमिया,सन्दीप अधिकारी र अब्दुल खालिक सिद्दिकीलाई जिम्मेवारी प्रदान गरिएको एमाले गढवाले जनाएको छ ।

यसैगरी आगामी कार्तिक ९ गते सम्पन्न हुने पालिका स्तरको अधिवेशन तयारीका लागि पनि जिम्मेवारी बाँडफाँड गरिएको पार्टीले जनाएको छ । गढवा उद्योग बाणिज्य संघको सभाहलमा पालिका अधिबेशन राख्ने निर्णय भएको बैठकपछि पार्टीका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । पार्टीको वडा अधिवेशन सम्पन्न गर्न जिल्लाबाट प्रत्येक वडाहरुमा दुई÷दुई जना कर्मचारीहरु खटिने स्रोतले जनाएको छ । अधिवेशन सफल पर्न खटिने सरकारी कर्मचारीहरुलाई पार्टीको तर्फबाट समन्वय,सहकार्य र सहयोग रहने एमाले गढवाले जनाएको छ । अबिधेशनको क्रममा पार्टिका केन्द्रिय सदसयहरु समेत रहेको जिल्ला इन्चार्ज सहितको सु–परिबेक्षण टोली समेत परिचालन हुने बताइएको छ । सर्बसम्मत नेतृत्वको चयन नभएको खण्डमा जिल्लाबाट खटि आएका कर्मचारीहरुले प्रकृयागत ढंगले बिधान बमोजिम निर्वाचन सम्पन्न गराउने छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]