
Amb
Gsbus
Gsl
Nssbus7
Bksbus5
dsbus
syysr
Ddhbs
Ssbus
gms
Pbu
Ratbs
Jsbus
Rbs
Csbus
Syees

Ssm
Ksm
Hal
Wsp
Gst
Pvg
Sbs
Bbbpu
Vor
Asm
Rgs
Rsb
Sls
Tsm
nsb
Ggd
Rgu
Rgu
Bbu

Jmb
sab
Rmb
Rpp
Jmb
Syp
Gsb
Ptm
Pls
Abd
Bml
Mks
bbt
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशका महत्वपूर्ण नयाँ कामहरु थालनी गर्दा तीनवटा कुरालाई आधार स्तम्भ बनाएको र नयाँ नारा स्थापना गरेको बताए ।
केसीले “समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेश” भन्ने नाराका साथ यो वर्षदेखि आफ्ना सम्पूर्ण प्रादेशिक गतिविधिहरु अगाडि लैजाने निर्णय गरेको मुख्यमन्त्री केसीको भनाई छ ।
मंगलवार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी दाङ) मा प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले यो वर्ष स्थानीय तहको चुनाव सम्पन्न गर्नुपर्ने रहेको भन्दै अर्को वर्षमा संघिय र प्रादेशिक चुनावहरु पनि हामीले सम्पन्न गर्नुपर्नेछ, यो अभिभारा सहित बोकेको यो गठबन्धनको सरकारले आफ्ना गतिविधिहरुलाई सु—व्यवस्थित गर्ने कार्य भइरहेको बताए ।
मुख्यमन्त्री केसीले यो वर्षबाट हामीले राजधानीको प्रशासनको भवनहरु निर्माण गर्ने जग्गा प्राप्त र प्राप्त जग्गासंगै निकट भविष्यमा सम्झना लायक गुरुयोजना सहितको सुन्दर राजधानी र शहर निर्माण गर्ने, आम जनताहरुको विचमा हामीले यस्तो व्यवस्थित राजधानी निर्माण गर्दैछौ भन्ने कुरा सार्वजनिक गरेर संरचना स्थापना गर्ने बताए ।
अहिले तत्काल प्रदेश राजधानीको भित्र मन्त्रालयहरु स्थापनाहरुको निम्ती राप्ती गाउँपालिका क्षेत्रभित्र रहेको चालिस हेक्टर खाली जमिन व्यवस्थापन गर्ने छाैं ।
जमिन प्राप्त भए लगत्तै प्रदेश सरकारले यसको लागि निर्णण गर्छ र संघिय सरकारले सिफरिस गर्छ । संघिय सरकारले जुनदिन हामीलाई जग्गा उपभोग गर्ने अधिकारी दिन्छ त्यस दिनबाट भौतिक संरचना निर्माणको कामलार्ई अगाडि बढाउने छौं । त्यसको लागि बजेट विनियोजन भइसकेको छ, मुख्यमन्त्री केसीले भने ।
प्रेस सेन्टर दाङका सचिव पाण्डव शर्माको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख अतिथिमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण सेन्टरका सह—सचिव जनक नेपालीले गरेका थिए ।दाङसमाचार
