
Rks
Gsb
Ksb
Ksb
Ppu
Bsn
Ksb
jsb
Fmb
Usb
Csb
Ssb
Tgp
Ssb
Rsb
Nsb

Tsb
Usb
Gsb
Hl1
Ssb

ptl
Nps
Rgu
काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो । नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।अनलाइनखबर
