सागर थापा शुक्रबार, आश्विन २२, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राकृतिक स्रोत साधन दोहन तथा चोरी तस्करीमा रोकथाम उत्कृष्ट कार्य गरेको भन्दै कदर पत्रसहित सम्मान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत रही सादा पोशाकमा खटिएर सूचना संकलनमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रहरी सहायक निरीक्षक युवराज गौतम र जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी निरीक्षक थम्मन जिसीलाई प्रदेश प्रहरीले आ–आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

त्यसै गरी जिल्ला प्रहरी कार्यालय दाङले उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी अधिकारीसहित ७ जनालाई सम्मान गरेको छ । रेकर्डमा रहने गरि नगदसहित पुरुस्कृत हुनेहरुमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी निरीक्षक हिर्देश सापकोटा, वडा प्रहरी कार्यालयमा कार्यरत सइ बिष्णबहादुर केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत सइ कबिराम सेन्चुरी,अस्थायी प्रहरी चौकी रिहारमा कार्यरत असइ शोभा गिरी, अस्थायी ट्राफिक पोष्ट गोठीखोलामा कार्यरत असइ तिर्थ भुसाल, प्रहरी चौकी गोग्लीमा कार्यरत प्रहरी जवान बिनोद माझी, वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान अनु भण्डारी सम्मानित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयलले ६६ औं प्रहरी दिवसको अवसरमा तुलसीपुरस्थित संघीय प्रहरी इकाइ कार्यालयमा गरेको कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधिश रितेन्द्र थापाले प्रहरीको प्रमुख दायित्व समाजको शान्ति सुरक्षा भएको बताए । प्रहरी अठोटका साथ निष्पक्ष भएर लागेमा समाजमा शान्ति कायम हुने उनले बताए । कार्यक्रमका बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निष्पक्षताका साथ बिचलित नभएर शान्ति सुरक्षामा खटिन आग्रह गरे ।

संघीय प्रदेश इकाई प्रहरी कार्यालयका एसपी राजेन्द्र खड्काको स्वागत मनतब्यबाट सुरु भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अतिथिहरुलाई धन्यबाद मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले गरेका थिए ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]