दाङ । देउखुरीबाट जंगली जनावरको सुकुटी सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर ७ लैबरुवा निवासी २८ बर्षीय बल बहादुर कुमाल र सोही ठाउँका २८ बषकै मिन बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनीहरु गएराती एक बजेको समयमा राजपुर गाउँपालिका वडा नम्बर ३ को कालिपुरुवाबाट सतबरिया तर्फ आउँदै गरेको रा ३ प ३०६० नम्बरको मोटरसाइकललाई शंका गरि नियन्त्रणमालिई चेकजाँच गर्ने क्रममा चामलको कट्टामा अन्दाजी २२ किलो र अर्को कट्टामा २५ किलो सुकुटी फेला परेको प्रवक्ता रिजालले बताए ।
त्यस्तै नियन्त्रणमा रहेका उनीहरुले जंगली जनावरको भनेर बयान दिएको तर त्यो सुकुटी परिक्षण पछि मात्र केको हो भनेर पत्ता लाग्ने प्रवक्ताको रिजालको भनाई रहेकोे छ । यस्तै पक्राउ परेकाहरूलाई कानूनी प्रक्रिया पूरा गरि डिभिजन वन कार्यालय देउखुरीलाई बुझाउने प्रवक्ता रिजालले जानकारी दिनु दिए ।