
Msbus
Rgp
Ksbus
Ggp
Lnp
Sdc
Asbus
Ggp
Ksbus


काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । प्रहरी प्रधान कार्यालयको विवरण अनुसार कोशी,बागमती, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै,कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ । उक्त क्षेत्रमा वैकल्पिक बाटोबाट यातायात सञ्चालनको व्यवस्था गरिएको छ । बागमती प्रदेशमा बाढी तथा पहिरोको जोखिमका कारण विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ । काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्तिलोक पथमा पनि रातिको समयमा सवारी आवागमन रोकिएको छ ।
त्यस्तै,सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी तथा लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा समेत सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । गण्डकी प्रदेशमा बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरोका कारण कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ । मुस्ताङको बेनी–जोमसोम सडकखण्ड तथा मनाङका विभिन्न सडकमा समेत पहिरोका कारण यातायात प्रभावित भएको छ ।
लुम्बिनी प्रदेशमा रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ। पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा भने सडक सञ्चालनमा रहेको छ । र्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका वडा नम्बर ६ मा बाढीका कारण जाजरकोट –डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
