
Syees
gms
Jsbus
Pbu
Gsl
Ddhbs
Bksbus5
Csbus
syysr
dsbus
Rbs
Nssbus7
Gsbus
Amb
Ratbs
Ssbus

Sbs
Vor
Rgs
Rgu
Tsm
nsb
Wsp
Sls
Ggd
Asm
Bbbpu
Pvg
Rgu
Rsb
Gst
Ssm
Ksm
Hal
Bbu

bbt
Mks
Syp
Jmb
sab
Ptm
Rpp
Rmb
Bml
Jmb
Pls
Gsb
Abd
दाङ । राजमो राजपुर गाउँपालिका कमिटीको आयोजनामा जङ्रहवामा विरोध सभा सम्पन्न भएको छ। गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, संघियता खारेज गरौं भन्ने मूल नारा सहित उक्त बिरोध सभा सम्पन्न भएको छ।
राजमो राजपुर गाउँपालिका कमिटीको उपाध्यक्ष दिल बहादुर घर्तीको अध्यक्ष्यतामा सम्पन्न विरोध सभालाई प्रमुख अतिथि एवं अखिल नेपाल युवक संघको पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले सम्बोधन गर्नु हुँदै नेपाली जनताहरूको लामो त्याग र बलिदानबाट प्राप्त गण्तन्त्र समाप्त पार्न गणतन्त्रवादी भन्ने नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, मधेसवादी दलहरु लागी परेको उनीहरूको व्यवहारबाट छर्लङ्ग भएको छ। भन्नुहुदै पोख्रेलले गणतन्त्र स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक शक्तिहरू निरंकुश राजतन्त्रको अन्त्य पछाडि पटक पटक उनीहरू सत्तामा पुगेर गणतन्त्र माथि नै घात हुने गरी राष्ट्रियता, सार्बभौम अधिकार र जनताले प्राप्त गरेका उपलब्धिहरूलाई समाप्त पार्ने गरी सत्ता स्वार्थमा चुर्लुम्म डुबेकाले देशमा महंगी, भ्रस्टचार, शान्ति सुरक्षा माथि खेलवाड लगायत सत्तामा पुग्नका लागी देशी विदेशी शक्तिहरूसंग अघोषित साठगाँठ गर्ने गरेकाले प्रतिगमनकारीहरुलाई बल पुगेका र राजावादीहरुले गर्दा गणतन्त्र नै नष्ट हुने खतरा बढेकोले गणतन्त्रको रक्षा र धर्म निरपेक्षतको रक्षा नेपाली जनताको संघर्षबाट मात्रै हुने भएकोले समयमै सचेत रहन आग्रह गर्नु भयो।
त्यस्तै उहाँले संघियता नेपाली जनताको आवश्यकता र चाहना नहुँदा नहुँदै भारतीय साम्राज्यबाद , अमेरिका साम्राज्यवाद र यूरेपियन युनियनको स्वार्थमा चोर दुलोबाट नेपालको संविधानमा घुसाईएकोले त्यसको खारेजी अपरिहार्य रहेको बताउनु भयो। साथै उहाँले एमसीसी जस्तो राष्ट्र नै समाप्त पार्ने अमेरिकी सैन्य रणनीति नेपालमा भित्राएर तिनी बिरोध गतिविधि गर्न नेपाललाई युद्ध मैदानमा परिणत गरी इण्डोप्यासिफिक रणनीति लाद्न खोजेको नेकपा एमाले, नेपाली कांग्रेस जस्ता राष्ट्रघाती पार्टीहरू रहेको हुँदा एमसीसीलाई कूनै पनि हालतमा संसदबाट पारित गराउन दवाव दिनका लागि ठूलो जनआन्दोलनको आवश्यकता छ भन्नु भयो।
उक्त विरोध सभामा राजमो जिल्ला उपाध्यक्ष एवम् राजपुर एरिया इन्चार्ज महेश रिजाल, राजमो जिल्ला सदस्य रमफकिरे रैदास, जातिय समतासमाज जिल्ला सदस्य राजकुमार विक, राजमो राजपुर वार्ड नं ७ सचिव टेकबहादुर डाँगी, वार्ड नं १ समिति अध्यक्ष बेमराज खनाल लगायतले सम्बोधन गर्नु भएको थियो।
सहिद प्रति एक मिनेट मौनधारण गरी शुरू भएको विरोध सभामा स्वागत मन्तब्य राजमो राजपुर एरिया कमिटी सदस्य तथा अखिल नेपाल ट्रेड यूनियन महासंघका दाङ जिल्ला सदस्य टेकबहादुर बूढाले र सञ्चालन मनकुमार रानाले गर्नु भएको थियो।
