
Asbus
Lnp
Ksbus
Ggp
Msbus
Ksbus
Ggp
Rgp
Sdc


प्युठान। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको नाममा नक्कली फेसबूक आईडी खोलेर चरित्र हत्या गरेको सार्वजनिक भएको छ । शुक्रवार, थापाले आफ्नो आधिकारीक आइडीमा नक्कली फेसबुक खोलेर दुरुपयोग भएको समेत जनाएका छन् । उही नाम, उस्तै फोटो प्रयोग गरेर फेसबुक आइडी खोलिएको थापाले बताए । थापाले पछिल्लो समय प्रयोग गरिरहेको तस्बीर दुरपयोग गरेर नक्कली एकाउन्ट बनाएर च्याट गरेको च्याट हिस्ट्री सामाजिक सञ्जालमा देखिएपछि प्रहरीको साइबर व्यूरोमा उजुरी दिएको सल्लाहकार थापाले बताएका छन ।
यस्तो भ्रम पूर्वक काम गर्नेहरूप्रति आफ्नो गम्भीर ध्यनाकर्षण भएको भन्दै प्रधानमन्त्रीका सल्लाहकार थापाले यस्तो लेखेका छन
‘मेराे फेसबुकको प्रोफाइल पिक्चर दुरूप्रयाेग गरी नक्कली फेसबुक खाेलेर षडयन्त्रपूर्ण च्याट गरेकाे स्क्रिनसर्ट शेयर गरेर बदनाम गर्ने अभियान चलाइरहेकाे प्रति मेराे गंभीर ध्यानाकर्षण भएकाे छ । यस्ताे च्याट मेराे कसैसँग भएकाे छैन। यसाे गर्न मलाई फुर्सद पनि छैन । र, यस षड्यन्त्रको घाेर भर्त्सना गर्दै भ्रममा नपर्न सबैमा हार्दिक अनुराेध गर्दछु । साथै, मैले साइबर ब्यूराेसमक्ष यसकाे आवश्यक अनुसन्धान गरीअविलम्ब कारबाही हाेस् भनी उजुरी गरिसकेकाे समेत जानकारी गराउन चाहन्छु ।’
