
Mbf
Dpm
Snmbs
Sdc
snmbs
Snmbs
rgs
Dbc
dpm
Pbu
Ges
Gesld
Amb


दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ । भेलाले श्याम चौधरीको अध्यक्षतामा ६७ सदस्यिय नेकपा एमाले वडा नम्बर ७ को वडा कमिटी र गणेश खड्काको अध्यक्षतामा १५ सदस्यिय राष्ट्रिय युवासंघ नेपालको वडा कमिटी गठन गरेको एमाले गढवाले जनाएको छ ।
त्यस्तै स्थानीय अगुवा श्याम चौधरीको अध्यक्षता र पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
भेलाले वडा कमिटीको उपाध्यक्षमा सन्दीप चौधरी, सचिवमा शिबकुमार खड्का,सहसचिवमा रामबहादुर चौधरी र कोषाध्यक्षमा मायादेवि चौधरी रहेको ६७ सदस्यिय वडा कमिटी गठन गरेको छ । वडा कमिटीका सल्लाहकारहरुमा जाउनारायण चौधरी,नारायण रिजाल, नबनिधी पन्थी,खुमानप्रसाद गोराथोकी, हरिनारायण चौधरी र जितराम चौधरी रहनुभएको छ ।
यस्तै सोही भेलाबाटै गणेश खड्काको नेतृत्वमा १५ सदस्यिय राष्ट्रिय युवासंघ नेपालको गठन गरिएको एमाले गढवाले जनाएको छ । जसको उपाध्यक्षमा पे्रम खत्री,सचिवमा शुरेस चौधरी,सहसचिवमा सम्भु गुरुङ र कोषाध्यक्षमा दिवाकर चौधरी रहनुभएको छ ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य रेवतीरमण शर्माले पार्टीबाट सानो हिस्सा चोइटिएर जादैमा एमालेलाई कुनै असर नपर्ने बताउनुभयो ।
एमालेबाट जितेर काङ्ग्रेसको सपोर्टमा भोटिङ गर्ने गद्दारहरु पार्टी फोरेर गएको भन्दै एमाले एक ढिक्का भएर अगाडी बढ्ने शर्माले बताउनुभयो । सांसद मेटमणि चौधरीको वडामा भएको भेलामा नेकपा एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेत,सचिव मनोहर बुढाथोकी,प्रदेश सदस्य सहजराम यादव,पेशागत महासंघ अध्यक्ष अरुण शर्मा,प्रशासन बिभाग प्रमुख स्यानुनारायण अधिकारी,जिल्ला सदस्य सिता चौधरी,युवासंघ नेपाल दाङका अध्यक्ष देबु बस्नेत र घोराही नगरकमिटी अध्यक्ष भुवन चौधरी लगायतले बोल्नुभएको थियो । पार्टीका वडा नम्बर ६ का अध्यक्ष दामोदर ढुंगानाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन गढवा पार्टी सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।


