Sidha Patra शनिबार, आश्विन ०९, २०७८

दाङ । देउखुरीको ३ पालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनद्वारा पालिका स्तरीय निर्वाचन सम्पन्न भएको छ ।

शनिबार आज सम्पन्न भएको निर्वाचनमा लमही नगरपालिकाको सभापतिमा युवा नेता सन्तोष बुढाथोकी विजय भएका छन् । उनले आफ्नो अर्का प्रत्यासी शिब प्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन् ।

त्यस्तै उपसभापतिमा युवा नेता बिनोद खड्का र जग नारायण चौधरी निर्वाचित भएका छन् । यस्तै खड्काले ८३ मत लिएका हुन् भने चौधरीले ७६ मत लिएका थिए । त्यसैगरी सचिवमा प्रेम कलाथोकी र कैलाश चौधरी निर्वाचित भएका छन् । चौधरीले ८२ र कालाथोकीले ७९ मत प्राप्त गरेका थिए । सहसचिवमा खीम बहादुर योगी र हिमासु न्यौपाने निर्वाचित भएका छन् । योगीले ८० र न्यौपानेले ८७ मत प्राप्त गरि विजय भएको मतदान अधिकृत प्रकाश डाँगीले जानकारी दिए ।

यसैगरी यता राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र सिंह भण्डारीले ६३ मत लिएर विजय भएका छन् भने अर्का सभापतिका उम्मेदवार सरद कुमार बुढाथोकीले ४६ मत प्राप्त गरेर पराजित भएका हुन् । जम्म १ सय १३ मत रहेकोमा ४ ओटा मत बदर भएको मतदान अधिकृत दुर्गा पाण्डेले जानकारी दिए । यस्तै उपसभापतिमा तीन जनाको प्रतिस्पर्धा रहेकोमा अमृत खड्काले ८७, आशाराम यादवले ८२ मत लिएर उपसभापतिमा निर्वाचित भएका छन् । अर्का उम्मेदवार मोहन गुप्ता पराजित भएका छन्। गुप्ताले २४ मत लिएका थिए ।

त्यस्तै गढवा गाउँपालिकाको सभापतिमा युवा नेता किरण पौडेलले ८६ मत लिएर निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी कृष्ण राज पाण्डेले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा पुर्ण प्रसाद चौधरीले ९७ र पोषण राज न्यौपानेले ९१ मत प्राप्त गरि बिजयी भएका छन ।

यसैगरी उता राप्ती गाउँपालिकामा शुक्रबार हिजै सर्बसहमतीले विद्या शरण चौधरी सभापति बनि सकेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]