
Gsbus
Bksbus5
syysr
Amb
Ssbus
Ratbs
Nssbus7
gms
Pbu
dsbus
Jsbus
Csbus
Rbs
Gsl
Ddhbs
Syees

Ksm
Vor
Bbu
nsb
Ggd
Rgs
Rgu
Rgu
Wsp
Bbbpu
Rsb
Ssm
Sbs
Gst
Hal
Sls
Tsm
Asm
Pvg

Jmb
Rmb
Jmb
Abd
Ptm
sab
bbt
Pls
Syp
Mks
Rpp
Gsb
Bml
दाङ । देउखुरीको ३ पालिकामा नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनद्वारा पालिका स्तरीय निर्वाचन सम्पन्न भएको छ ।
शनिबार आज सम्पन्न भएको निर्वाचनमा लमही नगरपालिकाको सभापतिमा युवा नेता सन्तोष बुढाथोकी विजय भएका छन् । उनले आफ्नो अर्का प्रत्यासी शिब प्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन् ।
त्यस्तै उपसभापतिमा युवा नेता बिनोद खड्का र जग नारायण चौधरी निर्वाचित भएका छन् । यस्तै खड्काले ८३ मत लिएका हुन् भने चौधरीले ७६ मत लिएका थिए । त्यसैगरी सचिवमा प्रेम कलाथोकी र कैलाश चौधरी निर्वाचित भएका छन् । चौधरीले ८२ र कालाथोकीले ७९ मत प्राप्त गरेका थिए । सहसचिवमा खीम बहादुर योगी र हिमासु न्यौपाने निर्वाचित भएका छन् । योगीले ८० र न्यौपानेले ८७ मत प्राप्त गरि विजय भएको मतदान अधिकृत प्रकाश डाँगीले जानकारी दिए ।
यसैगरी यता राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र सिंह भण्डारीले ६३ मत लिएर विजय भएका छन् भने अर्का सभापतिका उम्मेदवार सरद कुमार बुढाथोकीले ४६ मत प्राप्त गरेर पराजित भएका हुन् । जम्म १ सय १३ मत रहेकोमा ४ ओटा मत बदर भएको मतदान अधिकृत दुर्गा पाण्डेले जानकारी दिए । यस्तै उपसभापतिमा तीन जनाको प्रतिस्पर्धा रहेकोमा अमृत खड्काले ८७, आशाराम यादवले ८२ मत लिएर उपसभापतिमा निर्वाचित भएका छन् । अर्का उम्मेदवार मोहन गुप्ता पराजित भएका छन्। गुप्ताले २४ मत लिएका थिए ।
त्यस्तै गढवा गाउँपालिकाको सभापतिमा युवा नेता किरण पौडेलले ८६ मत लिएर निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी कृष्ण राज पाण्डेले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा पुर्ण प्रसाद चौधरीले ९७ र पोषण राज न्यौपानेले ९१ मत प्राप्त गरि बिजयी भएका छन ।
यसैगरी उता राप्ती गाउँपालिकामा शुक्रबार हिजै सर्बसहमतीले विद्या शरण चौधरी सभापति बनि सकेका छन् ।
