
rgs
Snmbs
Sdc
Dpm
dpm
Amb
Dbc
Pbu
Mbf
snmbs
Ges
Snmbs
Gesld


दाङ । तुलसीपुरबाट लागु औषध सहित एक मेडिकल संचालिकालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–८ घर भइ हाल तुलसीपुरको बसपार्कमा फ्युजन हेल्थ कियर मेडिकल संचालन गर्दै आएकी ४० बर्षकी तीलाकुमारी सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
त्यस्तै मेडिकल संचालिकाले अबैध लागुऔषध बिक्रीबितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलिले सुनारलाई मेडिलबाट बाटै पक्राउ गरेको हो ।
यस्तै पक्राउ परेकी सुनारको साथबाट प्रहरीले एक लाख १६ हजार ८ सय ५० रुपैयाँ , प्रतिबन्धित ट्रामाडोल, ट्राब, अन्टीकोफ नाम लेखिएका विभिनन कम्पनीका ३४९० वटा औषधीका ट्याबलेट र ६ वटा मोबाईल बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए।
