
Rbs
dsbus
Ratbs
Pbu
Gsbus
Jsbus
Bksbus5
Gsl
Ddhbs
Ssbus
Csbus
Amb
Nssbus7
gms

Vor
Bbu
Sbs
Bbbpu
Rgs
nsb
Gst
Rgu
Tsm
Ksm
Pvg
Ggd
Ssm
Wsp
Asm
Sls
Rsb
Hal
Rgu

Abd
Gsb
bbt
Jmb
Ptm
Rpp
Rmb
Pls
Mks
sab
Bml
Syp
Jmb
‘नोबेल कोरोना’ नामक सुक्ष्म जिवाणुले यतिबेला संसारलाई ठुलो चुनौती दिएको छ । संसारका अधिकांश मुलुकहरु कोरोनाको चुनौतीलाई निस्तेज पार्न प्रयासरत देखिन्छन् । विश्व स्वास्थ संगठनले “नोबेल कोरोना” नाम दिएको उक्त भाइरस बिश्वका विकसित भनिएका देशहरु अमेरिका, चीन, दक्षिण कोरिया र युरोपेली मुलुकहरुको अत्याधुनिक चिकित्सा बिज्ञानलाई समेत ठाडो चुनौती दिदै संसारभर तिब्र गतिमा फैलिरहेको छ । हाल बिश्वमा कोरोना संक्रमितको संख्या २० लाख नाघिसकेको छ भने ज्यान गुमाउनेको संख्या डेढ लाख भन्दा माथी रहेको छ र यो संख्या दिनानुदिन बढिरहेको छ।
चिनको वुहान प्रान्तमा पहिलो पटक एक महिलामा देखिएको उक्त भाइरसले महिनौ दिन सम्म चिनको आधुनिक चिकित्सा बिज्ञानलाई नै अचम्मित पार्यो । उक्त भाइरसबाट संक्रमण हुने र ज्यान गुमाउनेहरु दिनमा दुई गुणा र रातमा चार गुणाको हिसाबले अगाडि बढ्दै गए । करिब तीन महिना सम्म वुहान क्षेत्रको लकडाउन र सुरक्षाको कडा संघर्षले गर्दा अहिले चीनले कोरोना बिरुद्दको लडाई जित तर्फ उन्मुख भएको बताएको छ । चीन पछि बिस्तारै दक्षिण कोरिया तर्फ लागेको कोरोना भाइरस चीनमा भन्दा पनि तिब्र गतिमा कोरियामा छरियो । कोरियन सरकारले रणनीति नै बनाएर कोरोना बिरुद्दको लडाइको घोषणा गर्यो । आधुनिक टेक्नोलोजीलाई चिकित्सा संग जोडेर कोरोनालाई नियन्त्रण गर्न कोरियन सरकार धेरै हदसम्म सफल भयो । यतिबेला युरोपेली मुलुकहरु इटाली, स्पेन, फ्रान्स, जर्मनी, इरानमा मात्रै नभएर बिश्वमा शक्तिशाली कहलिएका भारत र अमेरिकालाई पनि कोरोना भाइरसले आफ्नो मुठ्ठीमा दबाएको छ।हाम्रो सामान्य सोच अनुसार तुलनात्मक रुपमा ट्यालेन्ट र जान्ने बिद्यार्थीहरु कक्षाकोठाको अघिल्लो बेन्चमा बस्दछन्।बिकास र समृद्धिको दृष्टिकोणबाट हेर्ने हो भने,चीन,अमेरिका,दक्षिण कोरिया सायद संसारको अघिल्लो बेन्चमा पर्दछन्। कोरोनाको प्रश्नरुपी चुनौती पनि सबैभन्दा पहिले तिनै अघिल्लो बेन्चमा बस्नेहरु(चीन,द:कोरिया)लाई देखियो। बिस्तारै सोही चुनौती क्रमशः दोस्रो, तेश्रो र चौथो बेन्चर (युरोपेली मुलुकहरु) तर्फ सोझियो। पहिलो बेन्चर (चीन, द:कोरिया)लाई आएको प्रश्नरुपी कोरोना चुनौती करिब ३ महिना पछि मात्रै नेपाल आउनुले नेपाल कोरोना कक्षाकोठाको लास्ट बेन्चमा रहेको आँकलन गर्न सकिन्छ। लास्ट बेन्चरले समस्या समाधानको लागि अघिल्लो बेन्चले भन्दा अतिरिक्त समय प्राप्त गर्दछन् । नेपालले करिब ३ महिना अवधिको अतिरिक्त समय पाउँदा पनि उचित सुरक्षात्मक होमवर्क गर्न नसक्नु सम्पुर्ण नेपालीहरुको दुर्भाग्वस्था साबित हुनसक्ने देखिन्छ ।नेपाल सरकारले कोरोना विरुद्धको भ्याक्सिनको लागि अध्ययन अनुसन्धान गर्नु पर्ने थियो भन्ने कुरा मैले गरेको होइन तर कम्तिमा पनि ३ महिनाको अवधीमा नेपालको चिकित्सा क्षेत्रको स्रोत संसाधन ( भेन्टिलेटर, आइसियु , बेड, टेस्ट किट, स्वास्थकर्मी, पि पि इ , मास्क)आदि को अवस्था के कस्तो छ ?? स्वास्थ सामाग्रीहरु प्रयाप्त छन् छैनन् ?? न्युनतम अत्यावश्यक सामाग्रीहरु तयारी गर्न पुग्ने प्रशस्त समय पाउँदा पनि स्वास्थ मन्त्रालाय निदाइ मात्रै रहेन कतिपयले ब्युझाउन खोज्दा समेत निदाएको नाटक गरिरह्यो ।करिब १ महिना अगाडी नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछी संक्रमण नफैलियोस् भनेर सरकारले लकडाउन सुरु गर्यो यद्यपि लकडाउन गर्नु पुर्व नै सम्पुर्ण डोमेस्टिक तथा अन्तरास्ट्रिय उडानहरु रोकिएता पनि भारत सगको खुला सिमानाको कारण नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइएको थियो। छिमेकी राष्ट्र भारतले पनि लामो जनता कर्फ्यु यानिकी लकडाउन लगाएको छ। पछिल्लो अपडेट अनुसार हालसम्म नेपालमा जम्मा ३० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। नेपाल सरकार र स्वास्थ मन्त्रालयले कोरोना रोकथामका लागि थुप्रै कसरत गरिरहेको बताएता पनि नागारिकहरु सरकार प्रति अलिकती पनि आशावादी देखिएका छैनन्।२/३ महिना अघि देखिको महामारी बिश्वभरी फैलीरहदा नेपाल सरकारले कुनै चासो नदेखाएको बरु नेपाल कोरोनामुक्त देश रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई भ्रमणको लागि स्वागत गर्न तर्फ केन्द्रीत भएको भन्दै उतिबेला पर्यटन मन्त्रालय र माननीय पर्यटन मन्त्री योगेश भट्टराईको निकै बिरोध भएको थियो ।हजारौ मानिसहरु सिमामा आएर रोइरहेका छन् कतिपय त मरे पनि आफ्नै देशमा मर्छु भन्ठानेर महाकालीमा हाम फालेर नेपाल भित्रीएको समाचार सुन्दा छाती फुलेर आउँछ। सिमामा एकदमै कडाइ गर्नुपर्छ तर सिमा सम्म दुख गरेर आएका आफ्नै नागरिकलाई यति धेरै निष्ठुरी भएर उपेक्षा गर्न मिल्दैन।आफ्नो देश भित्रन पाउनु उक्त देसको जनताको नैसर्गिक अधिकार हो तर सरकारले नै जनताको नैसर्गिक अधिकार खोसेको जस्तो बिरोधाभाषपुर्ण परिस्थिति सिर्जना भैरहेको छ त्यसैले सिमासम्म आएकालाई उपेक्षा नगरौं बरु उचित तवरले प्रभावकारी क्वारेन्टाइनमा राखौं।के कति कष्ट झेलेर सिमा सम्म आयौ ??अब तिम्रो स्वास्थ, सुरक्षा, गास, बास र कपासको जिम्मा सरकारले लिन्छ भन्नु त परै जाओस् !आफ्नै सन्तान, आफ्नै घरको ढोकामा आएर, ढोका ढकढक्याउदै ढोका खोल्दिनु भन्दै रोएको हेर्न कसरी सक्छ एउटा अभिभावक ?अझैपनि केही बितिसकेको छैन, धेरै ढिला भैसकेको छैन। नेपालमा कोरोना संक्रमणको भयावह स्थिति आइसकेको छैन तर स्थिति भयावह नहोला भन्न पनि त सकिदैन त्यसैले सरकारले गम्भीरताको साथ सोचबिचार पुर्याउनु पर्ने देखिन्छ। कोरोना परिक्षणको गति निकै सुस्त गतिमा भएको धेरैको गुनासो आएको छ परिक्षणको गति बढाएर नेपाल भित्र रहेका संक्रमित जति छिटो पत्ता लगाईन्छ त्यति नै छिटो नेपालले कोरोना लडाई जित्न सक्ने धेरैले सुझाएका छन् ।लकडाउनलाई यथावत राखेता पनि गरिब, मजदुरलाई दैनिक हातमुख जोर्न सरकारी तवरबाटै राहतका प्रभावकारी कार्यक्रम संचालन नगरी हुदैन।आफ्नो घर सम्म पुग्न नपाएर बिच बाटोमै अलपत्र परेकाहरुलाई सम्बन्धित ठाउ सम्म पुर्याउने जिम्मा सरकारले लिनुपर्छ यथासक्य छिटो अलपत्र परेकाहरुलाई सम्बन्धित ठाउसम्म पुर्याए पछि मात्रै लकडाउनको पुर्ण रुपमा पालना हुन्छ अन्यथा महामारी भन्दा भोकमरी समस्याले प्रधानता पाउछ।अन्त्यमा: हाम्रा पुर्खाहरुले खालीपेट लडेर देश जोगाएका थिए तर हामीबाट यतिबेला समयले आफ्नै घरमै बसेर आफ्नो देश बनाउने जबर्जस्त माग राखेको छ त्यसैले सबैजना आफ्नै घरमा बसौं आफू सुरक्षित बनेर समाज र देश बचाउने अभियानमा सम्पुर्ण नागरिक एकजुट होऔं !!
लेखक मनिश पाण्डे,बुट्वल निवासी हुन।
